
नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ। ५ दिनसम्म चलेको महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ। महोत्सवअन्तर्गत आज (बिहीबार) आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे। समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबीच…
पोखरामा विगतमा जस्तै यस वर्षपनि २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी तीब्र पारिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी २६ औँ संस्कणको ‘पोखरा सडक महोत्सव’ गर्ने भएको हो। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म ‘सडक महोत्सव’ हुन लागेको २६…
रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ’ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको तयारी सुरु गरेको छ। यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले पहिलो चरणमा आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका संचालकहरूसँग सल्लाह सुझाव लिएको हो। रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा…
विगतका वर्षमा जस्तै यस वर्षपनि लेखनाथ महोत्सव हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ मूल नाराकासाथ महोत्सव हुने भएको हो। आउँदो पुसको १८ गतेदेखि पोखरा–लेखनाथको तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको हो। २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको…
पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट हुँदैछ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मंसीर २७ गतेसम्म चल्नेछ। पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्। महोत्सवमा पर्यतीय सभ्यता, कला, संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। महोत्सवको पहिलो…