अन्तराष्ट्रिय »

चीन र ताइवानका जहाज आमने–सामने

ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने–सामने भएर बसेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन्। चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ। ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ। दुवै पक्ष अहिलेसम्म भने…

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआइजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी छ। दुबैतर्फबाट गोली हानाहान हुँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा ६ बालबालिका र २ महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा…

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ। त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट…

भिजिट भिसामार्फत श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…