प्रवास »

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्णबहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजीत मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरेपनि अन्य विषय मिलाउन नसक्दा…

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जान पाउँछन्

भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन्। नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो। बैठकले विषेशगरी ४ वटा विषयमा छलफल गरेको छ। जसअन्तर्गत नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल…

इजरायलका लागि थप १६९ जना गए

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…

भिजिट भिसामार्फत श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…

युएईमा आदिवासी महोत्सव हुने

वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ। महोत्सव अगस्टको १४ तारिकका दिन दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा हुनेछ। नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइएको छ। कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्विक महत्व बोकेको…