काभा पुरुष भलिबल च्याम्पियनसीपको लिगमा नेपालको हार नै हार

उज्बेकिस्तानसँगको अन्तिम खेलमा पनि नेपालको हार

जनसम्मत
श्रावण ११, २०८३, सोमबार

काभा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत लिग चरणको सबै खेलहरु गुमाएको छ।

प्रतियोगिताभर, लिग चरणका ५ वटै खेलहरुमा संघर्षपूर्ण प्रदर्शन गरेपनि नेपालले जीत निकाल्न सकेको छैन।

नेपालले काजाकिस्तान, श्रीलंका, पाकिस्तान, बंगलादेश  र उज्बेकिस्तानसँग पराजित भएको छ।

नेपालले काजाकिस्तान, श्रीलंका, र बंगलादेशसँग पाँचौं सेट खेलेर पराजित बनेको थियो।

पाकिस्तान र उज्बेकिस्तानसँगको खेलमा भने नेपाल सोझो ३-० को सेटमा पराजित बन्यो।

नेपालले सोमबार सम्पन्न आफ्नो पाँचौं खेलमा अन्तिम खेलमा पनि हार व्यहोरेको छ।

आफ्नो अन्तिम तथा पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३-० ले पराजित बन्यो।

नेपालले पहिलो सेटमा कडा चुनौती दिएपनि २४-२६ ले गुमायो।

त्यसपछि, दोस्रो सेट २०-२५ ले सुम्प्यो।

तेस्रो सेट २२-२५ ले गुमाउँदै नेपालले लगातार पाँचौं हार व्यहोर्‍यो।

लिगको पाँच खेलबाट नेपालको ३ अंक छ।

नेपालले अब मंगलबार पाँचौं स्थानको लागि खेल्नेछ।