देश–समाज »

प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन सुरु

प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ। अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन्। प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्मेलनको उद्घाटन गरेका छन्। अधिवेशनमा देशभरका झण्डै १ हजार पत्रकार जम्मा भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिएका छन्। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत…

४६ जना पत्रकारको नि:शुल्क दुर्घटना बीमा

सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको नि:शुल्क दुर्घटना बीमा गराइदिएको छ। पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रमअनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा आइतबार पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्यांकन समितिको बैठक बसेर बिमाका लागि…

बारबरा फाउण्डेसनको ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८२’ आह्वान

बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८२’ का लागि ईच्छुक व्यक्तिलाई आह्वान गरिए को छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्‍याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ। सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउण्डेसनको भनाई छ। उक्त…

आमसंचार परिषद् विधेयक, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुग्यो

प्रतिनिधि सभाले आमसंचार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मंगलबार समितिमा पठाइएको हो। विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो। प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा…

`पत्रकारले जनताको बीचमा सहि कुरा लैजानुपर्छ’

संघीय संसदका सभामुख देवराज घिमिरेले पत्रकारहरुले सहि कुरालाई जनताको बीचमा लैजानुपर्नेमा जोड दिएका छन्। प्रेस क्लब, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले भने, `चौथो अंग मानिएको पत्रकारिताले सहि कुरा जनताको बीचमा लैजानुपर्छ।  समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको अगाडी लैजानुपर्छ।  पत्रकारिता क्षेत्रको विकास, काम गर्ने वातावरण हौसला र…

पत्रकार महासंघ कास्कीमा महिला श्रमजीवीका कुराहरु 

पत्रकार महासंघ कास्की शाखामा महिला सम्वाद कार्यक्रम गरिएको छ। ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले महिला अधिकारकर्मीका बीच सम्वाद कार्यक्रम गरेको हो। महिला संवाद कार्यक्रममा सहभागीहरुले महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिएका छन्। महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा…

पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण

प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो । महासंघले काउन्सिलको क्षेत्राधिकारलाई…

पत्रकारिताका गुरु प्राध्यापक पी खरेलको पुस्तक लोकार्पण

पत्रकारिताका गुरु प्राध्यापक पी खरेलको नयाँ कृति लोकार्पण गरिएको छ। लेखक खरेलले नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लेखेका हुन्। त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले काठमाडौंमा आज (सोमवार) एक समारोहबीच पुस्तकको लोकार्पण गरेका हुन्। लेखक तथा प्रध्यापक खरेलले लोकार्पण कार्यक्रममा बोल्दै पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको उल्लेख गरे।…

‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता जरुरी’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरुरी रहेको औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज (सोमबार) काठमाण्डौंमा आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा अधिकारीले आफ्नो धारणा राखे, ‘रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक छ। प्राकृतिक…

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक छाडापन नियमन गर्न ल्याइएको हो’

सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रतिनिधिसभाको हाउसबाट स्वीकृत गरिएको अवस्थामा छ। विधेयक अब राष्ट्रिय सभामा के हुन्छ ? हेर्न बाँकी छ। यसअघि नै विधेयकको सदनदेखि विभिन्न संघसंस्थाले विरोध जनाइराखेका छन्। विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको भन्ने धेरैको आरोप छ। तर, संसदमा विधेयक पेस गरेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन…