देश–समाज »

‘सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने बताएका छन्। काठमाडौंमा आज (बिहीबार) सुरु डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जिकिर गरेका छन्, ‘सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने गरी विधेयक ल्याइएको छ।’ छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने…

प्रतिनिधिसभा हाउसबाट आमसंचार परिषद् विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट ‘आमसंचार परिषद् विधेयक, २०८१’ स्वीकृत भएको छ। प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकले ‘आमसंचार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ। आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्वपूर्ण रहने औंल्याए।…

यस्तो छ, आमसंचार परिषद् विधेयकबारे संसदमा पक्ष–प्रतिपक्ष आवाज

प्रतिपक्षी सांसदहरुले मिडिया क्षेत्रलाई पूर्ण रुपमा स्वतन्त्रता दिनुपर्नेमा जोड दिएका छन्। प्रचलित नेपालको संविधानले नै मिडिया क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिन व्यवस्था गरेकाले मिडिया क्षेत्रमा केही समस्या भएपनि संचार जगत र संचारकर्मीलाई एकै डालोमा राखेर हेर्न नहुने प्रतिपक्षी सांसदहरुले जोड दिएका छन्। सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसंचार परिषद् स्थापना हुनुपर्ने धारणासमेत राखेका…

सामाजिक सञ्जालको नियमन आवश्यक छ : संचारमन्त्री गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको औंल्याएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज (सोमबार) ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले बोल्दै स्पष्ट पारे, ‘सामाजिक सञ्जाल नियमनसम्बन्धी…

‘आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनु हुँदैन’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए/नभएको तर्फ गंभीर बन्न सबैलाई सुझाव दिएका छन्। काउन्सिलमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट संविधानले सुनिश्चित गरेका नागरिकका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाए। उनले भने, ‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ। आफ्नो हक प्रयोगले…

‘महिला सवालका समाचार बढी सम्प्रेषण गर्न समाचार कक्षलाई प्रभावकारी बनाइनुपर्छ’

मूलधार र मोसफलका संचारमाध्यममा महिलाको अर्थपूर्ण सहभागिता र महिलाका सवालमा बढी समाचार सम्प्रेषण गर्न समाचार कक्षलाई प्रभावकारी बनाइनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मिडिया एड्भोकेसी ग्रुपद्वारा आयोजित एक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले समाचारको सम्पादन गर्ने ठाउँमा महिलाको सहभागिता कम हुँदा मूलधारका संचारमाध्यममा महिला राजनीतिकर्मी, महिला उद्यमीको समाचारले कम प्राथमिकता पाएको उल्लेख…

राससको वार्षिकोत्सवमा ६ विधामा १२ जनालाई पुरस्कार

न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले संस्थाको ६४ औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत ६ विधामा १२ जनालाई पुरस्कार प्रदान गरेको छ। काठमाण्डौंको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) आयोजित वार्षिकोत्सव समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पुरस्कार प्रदान गरे। उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन…

‘राससले सूचना प्रविधिलाई महत्व दिनुपर्छ’

नेपालको एकमात्र न्यूज एजेन्सी राससलाई सूचना प्रविधिको महत्वलाई जोड दिन सुझाव दिइएको छ। राससको ६४ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सुझाव दिए, ‘न्यूज एजेन्सी संस्थालाई सूचना प्रविधिमा आधारित राससका रुपमा विकास गरिनुपर्छ।’ उनीहरुले स्वयं राससको ‘इन हाउस’ व्यवस्थित बन्नुपर्नेमा सुझाव दिए। व्यवसायिक समाचार सामग्री उत्पादन गर्न…

नेपाली रेडियो नेटवर्कद्वारा एआई नीति जारी

‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति जारी गरेको छ। ‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबीच उक्त नीति जारी गरेको हो। विश्वभर सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ भने पछिल्लो समय नेपाली संचार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रुपमा बढ्दै गएको पाइन्छ। यसैलाई…

‘सूचनाहरु नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’

संचारमाध्यमहरुले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रीत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) द्वारा आज (विहीबार) ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्। ‘पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता’ विषयक समूहगत…