
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ। उनले हरेक कुरामा विशिष्ट…
आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महासंघको निर्वाचन समितिले शनिबार साँझ नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय तोकेको छ। यस्तै, असोज ४ गते नै साँझ…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त…
विमला भण्डारी गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रारमा नियुक्त भएकी छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो। गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिएका छन्। उनी, गण्डकी प्रदेशकै पहिलो रजिस्ट्रार बनेकी छिन्। प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ। भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्। प्रेस रजिस्टार…
नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक धकेलिएको छ। नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते निर्वाचन गर्ने गरी मिति तोकेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका छन्। यसअघि, महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा…
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको…
नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको…
त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा…
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्। उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्। ‘बाह्य सरोकारवाला पक्षहरूले…
प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ। संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो। संगठनका महासचिव…