देश–समाज »

‘सूचनाको हकमा नै लोकतन्त्र बलियो बन्छ’

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सूचनाको हक र संचार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग ‘सूचनाको अधिकार : कार्यान्वयनको चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रष्टट पारे, ‘सरकारी तथा सार्वजनिक निकायहरूको…

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना

सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्यांक छ। नेपाल पत्रकार महासंघ, संचार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासंघले जनाएको छ। विगतका…

‘श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन’ को माग

१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।…

‘सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जानकारी दिए, ‘सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ।’ मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको…

‘पत्रकारितामा मिस इन्फर्मेशन (झुटा सूचना) देखि सावधान’

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले संचार माध्यम र सामाजिक सञ्जाल माध्यममार्फत आउने मिस इन्फर्मेशन (झुटा सूचना) लाई कम गर्नुपर्नेमा जोड दिएका छन्। प्रेस युनियन बागलुङले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुवेदीले आग्रह गरे, ‘यसतर्फ स्वयं पत्रकारहरु सचेत बन्नुपर्छ।’ उनले झुटो सूचनाले समाजलाई नकरात्मकतातर्फ लगेको बताए। झूटो सूचना रोक्न स्वयं संचारकर्मीसहित सबै पक्ष लाग्नुपर्नेमा उनले…

पत्रकार महासंघ गण्डकीमा नयाँ कार्यसमितिको पदस्थापन

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज (आइतबार) पदस्थापन भएको छ। साथै, नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पोखरामा पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। गत मंसरी २८ मा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस…

‘प्रसारण सामग्रीलाई जनताप्रति केन्द्रीत गरौँ’

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवाबाट प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक रहेको औंल्याएका छन्। ‘सार्वजनिक सेवा प्रसारणमा समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता’ विषयक एकदिने कार्यशालाको आज (शुक्रबार) सिंहदरबारमा उद्घाटन गर्दै अध्यक्ष डा. बिष्टले भने, ‘पीएसबीको समाचारको प्राथमिकता निर्धारण दृष्टिकोण परिवर्तन गर्न कार्यशाला महत्वपूर्ण हुनेछ।’ डा. बिष्टले…

‘घर–घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुग्ने गरी काम गरौँ’

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र नेपालको सबै घर–घरमा फोरजी इन्टरनेट सेवाको पहुँच पुग्नेगरी काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले आज (शुक्रबार) पोखरामा आयोजना गरेको प्राधिकरणबाट गण्डकी प्रदेशमा दूरसंचार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना, दूरसंचार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसंचार सेवा प्रदायक र सरोकारवालाहरूको एक दिवसीय…

संचारमन्त्री गुरुङले दिए, नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र शुभकामना

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्। मन्त्रालयमा बिहीबार आज (बिहीबार) आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका हुन्। सो कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।…

‘संसद–संचार’, पत्रकारसँग संसद सचिवालयको अन्तरसम्वाद

भक्तपुरको नगरकोटमा आज (बुधबार) ‘संसद–संचार’ अन्तरसम्वाद कार्यक्रम गरिएको छ। संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले लोकतान्त्रिक पद्धतिमा पत्रकारिता पेसालाई पनि सँगसँगै लिएर गएमात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद बन्नुपर्छ। प्रभावकारी संसद बनाउन संचारमाध्यम…