देश–समाज »

पत्रकार महासंघको निर्णय, ‘प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी’

नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका संचारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ। महासंघको २७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि हिँजो (मंगलबार) बसेको पहिलो बैठकले यो निर्णय गरेको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली…

‘आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको औँल्याएका छन्। पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उल्लेख गरे। काउन्सिलले नियमित रूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३ औँ श्रृंखलामा उनले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले संचार…

काठमाण्डौंमा संचार र मिडियासम्बन्धी २ दिने सम्मेलन

संचार र मिडियासम्बन्धी २ दिने काठमाडौं सम्मेलन–२०२४ आइतवारदेखि शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले ’संचार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४’ संयुक्त आयोजना गरेको हो। बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग (क्यामेरा भवन) मा २ दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया…

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन्। साथै, उनीहरुले पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण एवं पद तथा गोपनीयता सपथ खाएका हुन्। उनीहरुलाई निर्वाचन समितिका संयोजक पुण्य पौडेलले सपथ ग्रहण गराएका हुन्। पत्रकार महासंघको निर्वाचनमा विजयी…

एनटिभीकर्मीहरुको साझा प्रतिवद्धता, ‘पीएसबीलाई सफल पार्नु छ’

नेपाल टेलिभिजन र रेडियो नेपाल दुवै संस्था सार्वजनिक सेवा प्रसारण संस्था पीएसबीसँग जोडिएका छन्। अनि, दुबै संस्था जोडिएसँगै त्यसमा काम गर्ने कर्मचारीहरुको भविष्यपनि एकसाथ जोडिएको छ। त्यसैले, पीएसबीलाई सफल बनाउन सवै लाग्नुपर्ने जिम्मेवारीसमेत छ। राजधानी काठमाण्डौंस्थित सिंहदरबारभित्रको एक कार्यक्रममा नेपाल टेलिभिजनकर्मीहरुले एउटा साझा प्रतिबद्धता जनाएका छन्, ‘पीएसबीलाई सफल पार्नुछ।’ नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान…

‘प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउँ’

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउन निर्देशन दिएका छन्। रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज (बुधबार) आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले भने, ‘राष्ट्रको आवश्यकताका आधारमा २ सरकारी संचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज…

डा विष्ट, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष

डा. महेन्द्र विष्ट सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष बनेका छन्। साथै डा. विष्टले पद तथा गोपनीयताको सपथ लिएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विष्टलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। गत शुक्रवारको मन्त्रिपरिषद्को बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि, डा विष्ट नेपाल टेलिभिजनको…

पत्रकार महासंघ केन्द्रमा पनि युनियन–चौतारी प्यानलकै वर्चस्व

पत्रकार महासंघ केन्द्रमा पनि सत्ता साझेदार राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेको पत्रकार घटकहरु प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल विजयी बनेको छ। यस पटकको महासंघ केन्द्रको निर्वाचनमा दुई ठूला पत्रकार घटकबाट बनेको संयुक्त प्यानलकी उम्मेदवार निर्मला शर्मा विजयी बनेकी हुन्। शर्मा नेपाल प्रेस युनियनकी हुन्। यस पटक युनियन र चौतारी गठबन्धन गर्दा…

पत्रकार महासंघ गण्डकीमा पनि युनियन–चौतारी प्यानलकै जीत

पत्रकार महासंघ गण्डकीको निर्वाचनमा पनि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघ गण्डकीमा पनि यो २ प्यानलबीचकै कडा प्रतिस्पर्धा थियो। नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा…

पत्रकार महासंघ कास्कीमा चौतारी–युनियनको प्यालन विजयी

पत्रकार महासंघ कास्कीको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघको कास्कीमा यो २ प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो। महासंघ कास्कीको २२३ सस्दस्य (मतदाता) मध्ये २१० मत खसेकोमा…