देश–समाज »

१९ असोजमा नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला

नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला बोलाएको छ। विवादमा अल्झिएर चुनाव अनिश्चित बनेपछि पत्रकारहरूको छाता संगठन पत्रकार महासंघको तोकिएको समयमा चुनाव हुन नसकेपछि राष्ट्रिय भेला बोलाइएको हो। पत्रकार महासंघको भविष्य नै संकटमा पर्ने देखिएपछि महासंघले राष्ट्रिय भेला बोलाएको हो। महासंघका महासचिव रोशन पुरीले असोज १९ गते राष्ट्रिय भेला बोलाइएको जानकारी दिएका छन्। उनले भेलाको स्थानबारे चाँडै…

सर्वोच्चको प्रश्न, पत्रकार महासंघको निर्वाचन किन भएन ?

सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको…

नेपाली पत्रकारिताको भूमिका प्रशंसनीय छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन्। प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसंचार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल…

७० भन्दा बढि पत्रकारलाई काउन्सिलको सम्मान र पुरस्कार

प्रेस काउन्सिल नेपालले देशभरका पत्रकार तथा संचार संस्थाहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरेको छ। आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेका र निरन्तर क्रियाशील रहेका पत्रकारहरुलाई काउन्सिलले पुरस्कार र सम्मान प्रदान गरेको हो। काउन्सिलले अग्रज पत्रकार, गोपालदास पत्रकारिता पुरस्कार, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, शसक्त संचारकर्मी, क्रियाशील, युवा,…

प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

प्रेस काउन्सिल नेपालले विभिन्न पुरस्कार घोषणा गरेको छ। आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कारको घोषणा गरेको हो। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ। पत्रकारिताका विभिन्न विधामा ३ दशकदेखि सक्रिय रही…

पत्रकार महासंघको उम्मेदवारी दर्ता स्थगित

नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर मनोनयन दर्ता कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो। यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका थियो। निर्वाचन समिति संयोजकमा प्रा. चिरञ्जीवी खनाल र सदस्यहरूमा देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, शालिकराम सापकोटा,…

संचार क्षेत्र, राज्यको नजरमा पर्न सकेको छैन

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले संचार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशील क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताए। उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशील छ। अहिलेसम्म…

‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार !’

गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदै गर्दा मुख्यमन्त्री कार्यालय बाहिर विरोध जनाइएको छ। कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका थिए।

कास्कीको पत्रकार महासंघमा ताला

नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन्। सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन्। समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ। समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन…

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार भण्डारीले लिइन् शपथ

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…