देश–समाज »

सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना जेलमुक्त

सिधाकुरा अनलाइनका २ पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन्। प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन्। सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो। अदालतको आदेशमा उनीहरूले गल्ती पुनः गल्ती नगर्ने प्रतिबद्धतासहित निःशर्त लिखित माफी…

२८ मंसीरमा पत्रकार महासंघको निर्वाचन

नेपाल पत्रकार महासंघले आगामी मंसीर २८ गते ३ वटै तहको निर्वाचन गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको राष्ट्रिय भेलाले यो निर्णय गरेको हो। महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला सुरू भएको थियो। भेलाको सर्वसम्मतिले आगामी मंसीर २८ गते शुक्रवार महासंघका ३ वटै तहको निर्वाचन…

प्रेस कार्ड कीर्ते गर्नेविरुद्ध प्रहरीमा पत्राचार

प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई शुक्रबार पत्राचार गरेको छ। दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाई अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो। गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पाससमेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल…

चन्द्रशेखर कार्की नेफेजको अध्यक्षमा निर्वाचित

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्। नेफेजको शुक्रबार भएको ३९ औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्। कुल १०४ मतदाता रहेकामध्ये निर्वाचनमा ७४ मत खसेको थियो। यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याएर विजयी बने।…

प्राथमिकतामा सूचना प्रविधि हब

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको (बुधबार) उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका हुन्। ‘दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता…

राससका पत्रकार बासुदेव पौडेल पुरस्कृत

राससका क्रियाशील पत्रकार बासुदेव पौडेल ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ बाट पोखरामा पुरस्कृत भएका छन्। पोखरा वृद्धाश्रमद्वारा पहिलो पटक संचालित सो पुरस्कार रासस गण्डकी प्रदेश प्रमुख पत्रकार पौडेललाई पुरस्कृत गरिएको हो। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा मंगलबार आयोजित समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र प्रदेश सांसद भीमबहादुर कार्कीलगायतले पौडललाई ५० हजार…

सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाका सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ। महासचिव रोसन पुरीले विज्ञप्ति निकाल्दै सर्वोच्चको फैसलामा ध्यानाकर्षण भएको जनाएका हुन्। सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई आइतबार सर्वोच्चको ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले कारागार चलान गर्ने…

नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ। बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा  तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो। गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला…

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाऊ

सर्वाेच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटहरूको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो। २०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारले २०८१ भदौ ७ गते…

‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ पूर्ण रूपले संचालनमा आउँछ

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा संचालन गर्ने बताएका छन्। निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज (बुधबार) अनुगमन निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापन गरी पूर्ण रूपमा संचालनमा ल्याउने गरी योजना बनाउने बताए। ‘मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण…