
पोखराका क्रियाशील पत्रकार आरजु विष्ट ‘सल्यानी’ लाई शनिबार पोखरामा सम्मान प्रदान गरिएको छ। पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले ३१ औ साधारणसभा तथा १२ औ अधिवेशनको अबसरमा पत्रकार ‘सल्यानी’ लाई सम्मान प्रदान गरिएको हो। व्यावसायिक क्षेत्रका उत्थान कार्यहरूको प्रबद्र्धनमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेको संघले हो। प्रमुख अतिथि पोखरा…
सामाजिक सञ्जाल सदुपयोग गर्न जाने समाजका लागि फाइदै फाइदा रहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। पोखरा महानगर–८, वडा बाल मञ्चद्वारा आयोजना गरेको कार्यक्रमका सहभागीहरु दाबी गर्छन्, ‘सामाजिक सञ्जाल समाजका लागि हानिकारक नभई लाभदायक छ।’ पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सामाजिक सञ्जालको सदुपयोग गर्न जाने बालबालिकाहरुको चौतर्फी व्यक्तित्व विकास हुने जिकिर गरे। ‘यसका लागि…
राससका क्रियाशील पत्रकार बासुदेव पौडेल ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ बाट पोखरामा पुरस्कृत भएका छन्। पोखरा वृद्धाश्रमद्वारा पहिलो पटक संचालित सो पुरस्कार रासस गण्डकी प्रदेश प्रमुख पत्रकार पौडेललाई पुरस्कृत गरिएको हो। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा मंगलबार आयोजित समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र प्रदेश सांसद भीमबहादुर कार्कीलगायतले पौडललाई ५० हजार…
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ। बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो। गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला…
जनसम्मतकर्मी नारायण शाहीलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले बर्सेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले जनसम्मत डट कमका सम्पादक शाहीको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो। पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ। काठमाडौंबाट २०५३…