प्रेस रिपोर्ट »

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षमा निधन भएको छ। काठमाण्डौको वानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा रिसालको निधन भएको हो। स्व. रिसालका परिवार स्रोतका अनुसार आइतबार बेलुका पौने ८ बजेतिर उनको निधन भएको हो। पत्रकार रिसाल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ पत्रकार रिसाल पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित थिए। स्व. रिसाल, भक्तपुरको सूर्यविनायक नगरपालिका–४,…

वरिष्ठ पत्रकार/स्तम्भकार कमल कोइरालाको निधन

वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा काठमाण्डौंको सिनमंगलस्थित केएमसी अस्पतालमा कोइरालाको निधन भएको हो। केही दिनअघि घरमै लडेर बिरामी भएका कोइरालालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूतसमेत भएर काम गरेका थिए। कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा…

खिमाकुमारी गुरुङ, फोनिज गण्डकीको अध्यक्ष

कास्कीको संचार क्षेत्रमा कृयाशील खिमाकुमारी गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छन्। पोखरामा बुधबार भएको फोनिज गण्डकीको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। समितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) मा शिला गुरुङ (नवलपुर), महासचिवमा सुरज थापा (कास्की), सचिव (खुला)…

पर्वतका पत्रकार संजय रेग्मीलाई मिलन पत्रकारिता पुरस्कार

पर्वतका कृयाशील पत्रकार संजय रेग्मीलाई `मिलन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले पत्रकार रेग्मीलाई सो पुरस्कार प्रदान गरेको हो। समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई…

पत्रकारहरु सुवेदी र पंगेनी `रुपा रत्न’ बाट सम्मानित

पोखराका क्रियाशील पत्रकारहरु नवराज सुवेदी र सरिता तिम्सिना पंगेनी `रुपा रत्न’ बाट सम्मानित भएका छन्। कास्कीको रुपा गाउँपालिकाले मंगलबार आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार सुवेदी र पंगेनीलाई सो सम्मान प्रदान गरेको हो। पत्रकारितामार्फत रूपा र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरुलाई रुपा गाउँपालिकाले `रुपा रत्न’ बाट सम्मान गरेको हो। नेकपा एमालेका नेता एवं पार्टीको गण्डकी…

राम गुरुङ, नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्ष

पोखराका क्रियाशील अग्रज फोटो पत्रकार राम गुरुङ नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको अध्यक्षमा निर्वाचित भएका छन्। पोखरामा भएको संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्।…

पत्रकार कृष्णमणि बराललाई प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान

पोखराका कृयाशील पत्रकार कृष्णमणि बराल प्रेस क्लब पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस क्लब गण्डकीद्वारा स्थापना गरिएको पुरस्कार बराललाई प्रदान गरेको हो। प्रमुख अतिथि संघीय संसदका सभामुख घिमिरेले बराललाई नगद ५० हजारसहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेको हुन्। पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै पत्रकार बराललाई प्रेस क्लबले सम्मान गरेको…

योगेन्द्र श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्ष

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। समूहको मंलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। एनएफपीजेको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सह–सचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमय, मदनमणि तिमिल्सिना, सागर ढकाल…

पत्रकार पदम जोशीलाई क्यान्सर सचेतना पत्रकारिता पुरस्कार प्रदान

पत्रकार पदमराज जोशीलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पूर्वी नवलपरासीको कावासोती–२ स्थित राधा क्यान्सर फाउन्डेसनका अध्यक्ष प्रकाश शर्माका अनुसार स्थानीय लक्ष्मीनारायण मन्दिरमा शुक्रवार एक कार्यक्रम गरेर बैतडी निवासी हेल्थ टुडे पत्रिकाका सम्पादक जोशीलाई सो पुरस्कार वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं गण्डकी प्रदेश सांसद रोशनबहादुर गाहामगरले जोशीलाई…

ईन्द्रप्रसाद पौडेल प्रेस चौतारी नेपाल गण्डकीका अध्यक्ष

पोखराका क्रियाशील पत्रकार ईन्द्रप्रसाद पौडेल पुनः प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्ष बनेका छन्। यसअघि, २०७८ फागुन १९ मा पोखरामा सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनबाट इन्द्रप्रसाद पौडेल अध्यक्ष बनेका थिए। पौडेलको नेतृत्वमा तत्कालीन ४५ सदस्यीय गण्डकी प्रदेश समिति निर्वाचित भएको थियो। सोमबार नवलपुरमा भएको दोस्रो अधिवेशनबाट उनी आगामी ३ वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत्…