
बागलुङ जिल्लाका स्थानीय पालिकाहरुमा ‘वडा सदस्य मञ्च’ गठनमा तीब्रता लिएको छ। बागलुङ जिल्लाको गृहपालिका बागलुङ नगरपालिकाबाट सुरु गरिएको वडा सदस्यहरुको मञ्च गठनको कार्य अहिले जिल्लाको अन्य पालिकाहरुमा पनि पहल थालिएको छ। जिल्लाका स्थानीय तहहरुमा वडा सदस्य मञ्च गठन प्रकृयाले गति लिन थालेको हो। गत वर्ष बागलुङ नगरपालिकाका वडा सदस्यहरुको भेलाले मञ्च गठन गरेको थियो। मञ्चले…
म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएको छ। अधुरा आयोजनाको निमाृण कार्य पूरा गर्न गाउँपालिकाले थप ४ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको केन्द्र मुनामा आज (बुधबार) सम्पन्न २३ औँ गाउँसभा (हिउँदे अधिवेशन) ले ४ करोड २१ लाख बजेट विनियोजन गरेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले गत आर्थिक वर्षमा खर्च…
तनहुँका ९ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्रहरू पलिकामा हस्तान्तरण गर्ने कार्य पूरा भएपछि पालिकाबाट वितरण गरिएको हो। भानु नगरपालिकाबाहेक सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ। पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सेवाग्राहीलाई सहज भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र…
तनहुँको व्यास नगरपालिकामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको हो। नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको बताए। न्यौपानेले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन…
कास्कीको मादी गाउँपालिकाको सिकलेसमा संचालित सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकन गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकारसहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजनाअन्तर्गत भए, गरेको गतिविधिबारे जानकारी गराए। निर्माण व्यवसायी ओम गौचनकाअनुसार डपीआरअनुसारको काम गर्न अप्ठेरो…
तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैंक कार्यन्वयनमा ल्याएको हो। बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा…
भानु नगरपालिकाले नगरपालिकाभित्रका किसानले अब मोबाईलबाटै कृषि र पशुसम्बन्धी सूचना तथा जानकारी पाउने भएका छन्। नगरपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई मोबाईलबाटै पशु र कृषिसम्बन्धी सूचना दिने मोबाईल एप सञ्चालन गरेको हो। नगरपालिकाको कृषि तथा पशुशाखाले किसानका लागि सूचना, जानकारी, प्रविधि, सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौषमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा–प्रवाह, गुनासो तथा सुझावलगायतको जानकारी…
तनहुँको भानु नगरपालिका–७ चुँदी टुहुरे पसलस्थित चन्द्रावती उच्चमाध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ। विद्यालयले आफ्नो ६१ औँ स्थापना दिवस भोली (शनिबार) पुस ६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो। तनहुँ जिल्लाको दोस्रो हाइस्कूलका रुपमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका २०४५ सालमा १० कक्षा ब्याचका विद्यार्थीहरूले विद्यालयको शैक्षिकस्तर वृद्धि र…
लमजुङको क्व्होंलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका हुन्। साथै, मन्त्री गुरुङले आज (बिहीबार) सो गाउँपालिकाको वडा नं २ मालिङस्थित प्रशासकीय भवन र सोही ठाउँमा नवनिर्मित मालिङ प्राथमिक अस्पताल भवनको समेत एकसाथ उद्घाटन गरे। गण्डकी प्रदेश सरकारको २ करोड र गाउँपालिकाको २ करोड…
गोरखाको पालुङटार नगरपालिकाअन्तरगतको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुने भएको छ। नगरपालिकाको सबैभन्दा जनघनत्व बढी भएको वडामध्ये ७ र ८ नम्बर वडाको कृषिजन्य उत्पादित बस्तु सहज तरिकाबाट बजारसम्म ल्याउन डोटीचौतारादेखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिएका छन्। उनका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे…