वडा–पालिका »

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत’ कार्यक्रम

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत सबाल विषयक वकालत’ कार्यक्रम गरिएको छ। लमजुङको अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङले (बुधबार) सुन्दरबजार नगरपालिकाको सभाहलमा सो नगरपालिकाको स्थानीय सरकार तथा जनप्रतिनिधिहरुसँग उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बौद्धिक मन्दता भएका व्यक्तिहरुको पहिचान, त्यस्ता व्यक्तिहरुलाई घर–परिवार र समाजले गर्नुपर्ने व्यवहार एवं उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा…

कास्की, मादीका जेहेन्दार विद्यार्थीहरुलाई लत्ताकपडा सहयोग

कास्कीको मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को सहयोग मिलेको छ। सो गाउँपालिकाका विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको हो। गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका–७ को बालपदम र मादी–६ को शिवशक्ति…

लमजुङ बेसीशहरका नगरप्रमुख र अमेरिकी राजदुतबीच भेटवार्ता

लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेटवार्ता गरेका छन्। बेसीशहर नगरप्रमुखको कार्यकक्षमा बुधबार राजदूत थम्पसन र नगरप्रमुखबीच भेटघाट गरेका हुन्। भेटघाटका क्रममा राजदूत थम्पसन र नगरप्रमुख अर्यालबीच पिस कोरबाट खटाइएका रेस्पोन्स स्वयंसेवकहरुले खटाइएका क्षेत्रमा गरिरहेको काम, समस्या र अवका दिनमा गर्नुपर्ने क्षेत्रबारे छलफल गरे। अमेरिकी राजदूत थम्पसनले…

आँबुखैरेनी अस्पतालले लियो, शल्यक्रियासहित प्रसुती सेबा संचालनको स्वीकृत

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसीर २६ गतेको निर्णयअनुसार ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८’ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिका अध्यक्ष…

नवलपुरको कावासोतीमा स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा

नवलपुरको कावासोतीमा जिल्लास्थित ८ स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति नवलपुरले स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको हो। समीक्षा कार्यक्रममा नवलपुरका ८ वटा स्थानीय तहहरुले आफूले गरेको पछिल्लो ६ महिनाको कार्यप्रगतिबारे जानकारी गराए। कार्यक्रममा स्थानीय तहहरुका प्रतिनिधिहरुले आफ्नो समीक्षामा अझै लामो समयदेखिको आफ्नो बेरुजु रकम घटाउन नसकेको, कर्मचारी अभावका कारण काममा…

तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन

तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज (शनिबार) उद्घाटन गरेका हुन्। प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा अस्पताल भवन निर्माण गरिएको हो। अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी…

गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटमा उपभोक्ता समितिलाई सम्मान

गोरखाको सहिद लखन गाउँपालिकामा शुक्रबार उपभोक्ता समितिलाई सम्मान गरिएको छ। गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रमअनुसार संचालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। उनकाअनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता…

तनहुँको देवघाट गाउँपालिकामा सार्वजानिक सुनुवाई

तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउनेगरी काम भइरहेको उल्लेख गरे। ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनशीलतालगायतका कार्यले देवघाट गाउँपालिकालाई उत्कृष्ट…

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले माछाका भुराहरु छाड्यो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि माछाका भुराहरु छाडने कार्यलाई निरन्तरता दिएको छ। अर्जुनचौपारी गाउँपालिका क्षेत्रभित्र पर्ने दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको सो गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरौं खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुराहरु छाडेको हो। नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको…

स्याङ्जा भीरकोटमा मगर समुदायका महिलालाई नौमती बाजाको तालिम

स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ। सो नगरपालिकाको वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम संचालन गरिएको हो। परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सीपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सुरु गरिएको हो। वडा अध्यक्ष लक्ष्मण खत्री…