वडा–पालिका »

स्याङ्जाको बिरुवा गाउँपालिकाको खोलाहरुमा माछाका भुराहरु छाडियो

स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका क्षेत्रभरका विभिन्न खोलाहरुमा माछाका भुराहरु छाडिएको छ। विरुवा गाउँपालिका क्षेत्रभित्र पर्ने मेङ, बास्तारा तथा ज्याग्दी खोलाहरुमा करिब ५० हजार माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ। सो गाउँपालिका क्षेत्रभित्रका खोलाहरुको कटहरे झोलुङ्गे पुलमुनीको रह, मेङ खोला र बास्तारा खोलाको दोभान, सनफ्लावर इंग्लिस बोर्डिङ स्कूलअगाडिको रह, बाहाचौरस्थित बक्से रह र चिन्नेवासस्थित भुवान रहमा…

गोरखा नगरपालिकाद्वारा जग्गाको कित्ता सार्वजनिक

गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ। हाल, नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको छ। नगरपालिकाले जग्गा वर्गीकरण अन्तरगत अन्तिम चरणको कित्ता सार्वजनिकको काम सम्पन्न गरेको हो। केही समयअघि मात्र जग्गा अद्यावधिकको काम सकेको गोरखा नगरपालिकाले हालसालै १४ वटै वडाको कित्तागत विवरणको…

नवलपुरको गैँडाकोटमा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण

नवलपुरको गैँडाकोटमा सोमबार सामुदायिक कुकूरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गरिको छ। साथै, कुकूरहरुलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको छ। गैँडाकोट नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको संयुक्त आयोजनामा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। गैँडाकोट नगरपालिका वडा नं. मिलनचोकमा चलाइएको शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाका…

पर्वत, मोदीको लिदीखोलामा ७ महिनाअगावै मोटरेबल पुल बन्यो

पर्वतको मोदी गाउँपालिका–६, तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ। गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिवार उद्घाटन गरेका छन्। डिमुवा–राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा ७ महिनाअगावै गत भदौमै सम्पन्न भएको थियो। पुल उद्घाटन गर्दै मन्त्री…

तनहुँको आँबुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पतालको स्वास्थ्य सेवाअन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी.एस. (सीइओएन केन्द्र संचालनको अनुमती प्रदान भएपछि) लगायतका शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आइतबार अस्पतालमा ५९ वर्षका बिरामी माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरिएको थियो। पहिलो सफल शल्यक्रियासँगै अस्पतालबाट…

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजना बनाएको छ। त्यसका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखराअन्तर्गतको एक योजनालाई…

म्याग्दीको बेनीमा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्य

म्याग्दीको बेनी नगरपालिकामा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्यमा झरेको छ। घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको संख्या शून्यमा झारिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार बेनी नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १ सय ४९ जनाले सुरक्षित…

स्याङ्जाको गल्याङमा जलवायुसम्बन्धी गोष्ठी

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा जलवायुसम्बन्धी गोष्ठी गरिएको छ। पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ ? भन्ने विषयक गोष्ठी भएको हो। गोष्ठीमा वातावरण सम्बन्धी विज्ञहरुले जलवायु परिवर्तन र वातावरणीय प्रभावका असर तीव्र रूपमा बढेको बताएका छन्। ‘परम्परालाई छाड्दै आधुनिक शैली अगाल्नुले हाम्रो वातावरणमा परिवर्तन आएको हो। त्यसका लागि ३ वटै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति…

गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल संचालनमा

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ। सो अस्पतालले (बुधबार) देखि स्वास्थ्य सेवा संचालनमा ल्याएको छ। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार धार्चे गाउँपालिकाले सो अस्पताल संचालनमा ल्याएको हो। धार्चे गाउँपालिका–३, खोर्लाबेसीस्थित गाउँपालिका र स्वीट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छायाँ नेपालको समन्वयमा…

म्याग्दीको बेनी नगरपालिकामा ३०३ योजनाहरु कार्यान्वयनको चरणमा

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ३०३ वटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडास्तरीय २७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये ८ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।…