
गण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ। फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो। आवेदन दिनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा ईन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला छन्। संस्थापक…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए। युएनडीपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशभित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन्। चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको प्रदेश प्रमुख भट्टको जोड छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले औंल्याए, ॅविद्यार्थी केन्द्रीत शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्छ। बालबालिकाको रुचीअनुसार…
गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार हननका घटनाबाट ५०४ व्यक्ति प्रभावित भएका छन्। नेपाल मानव अधिकार प्रतिवेदन २०२५ सार्वजनिक गर्ने उद्देश्यले पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रस्तुत गरेको विवरणअनुसार, ४६९ महिला मानव अधिकार उल्लंघनका घटनामा परेको उल्लेख छ। इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलका अनुसार, ७५ जना पुरुष…
गण्डकी प्रदेशले भोली (मंगलबार) आफ्नो आठौँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभर भोली (मंगलबार) सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक सेवाप्रदायक निकायमा बिदा दिइएको हो। २०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेशसभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो।…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्ने औंल्याएका छन्। प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्नेमा उनले उनले जोड दिए। पोखरा–१९ तल्लाकोटस्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले यो…
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पोखराका बुधबार छुट्टाछुट्टै ३ विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले औंल्याए, ‘शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको छ।’ मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्। सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक, अधिकारको रक्षा, लोकतन्त्रको स्थापनालगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने संपूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका…
पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा शनिबार ‘गण्डकीका धुनहरु’ गुञ्जिए। ‘गण्डकीका धुुनहरु’ शीर्षक दिइएको उक्त अर्केष्ट्रा कार्यक्रममा ४० वाद्यवाधकहरुले प्रस्तुत गरेको भिन्दाभिन्दै धुनहरुले गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नै गुञ्जायमान गरायो। काठमाडौं र गण्डकीका ४० भन्दा बढी ती वाद्यवादकहरूले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुनहरू प्रस्तुत गरे। कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको औंल्याएका छन्। अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले उल्लेख गरे, ‘निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ। आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र…