गण्डकी प्रदेश »

गण्डकी प्रदेश सरकारको बजेट झण्डै ३२ अर्ब

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झण्डै ३२ अर्बको बजेट ल्याएको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आयतबार प्रदेशसभामा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ।…

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन, ‘राइड सेयरिङ १ महिनापछि लागु हुन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ १ महिनापछि कार्यान्वयनमा जाने बताएका छन। पोखरामा आइतबारदेखी सुरु एक कार्यक्रमको उद्घाटन गर्दै सकारले आवस्यकता अनुसार कानूनहरु बनाउने गरेको उल्लेख गरे। बनेका सबै कानून अक्षरश: कार्यान्वयन गर्ने समेत स्पष्ट पारे। उनले सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली संघ सरकारको आग्रहमा केही समयका लागि संघ सरकारसंग समन्वय गरेर रोकिएको बताए।…

गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ गण्डकीको आयोजनामा आइतबारदेखी सुरु प्रदेशस्तरीय ‘मल्टिमिडिया रिपोर्टिङ तालिम’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले औंल्याए, ‘प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन। तर, नियमन भने जरुरी छ। सकारात्मक साेंच र केही गर्न सकिन्छ भन्ने आत्माविश्वास जगाउने गरी सूचना,…

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधवारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता…

गण्डकी प्रदेश प्रमुखसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङ नेतृत्वको टोलीले विहीबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेस गरेको हो। नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गरे। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त…

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्। प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेका…

गण्डकी प्रदेशस्तरिय ‘फ्री मिडिया नेटवर्क’  गठन

पोखरामा आज (शुक्रबार) गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको छ। बहुसरोकारवालाबीच समन्वय, सहकार्य र पारस्परिक जवाफदेहिता अभिवृद्धिका लागि गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको हो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक रहनेगरी गठित कार्यसमितिमा मानवअधिकार, पत्रकार, अधिवक्ता, सरकारी कर्मचारी, उद्योग व्यवसायी, प्रहरीसम्बद्ध संघसंस्था सदस्य छन्। सदस्यमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, गण्डकी प्रदेश प्रहरी…

गण्डकी प्रदेशसभाको विषयगत समितिमा १० विधेयक पठाइयो

गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका १० वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पुगेका छन्। विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा सामान्य सैद्धान्तिक छलफल गरी दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन्। अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र मगर…

राज्यबाट पाएको सेवा, सुविधा मन्त्री थापाद्वारा सामाजिक सेवामा खर्च

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट पाएको सेवा–सुविधाबापतको ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ रकम समाजिक सेवामा खर्च गरेका छन्। आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा सहयोग गरेको मन्त्री थापाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। नेपाल प्रेस युनियन कास्कीले मंगलबार आयोजना गरेको…

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

गण्डकी प्रदेशसभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत संभार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। गण्डकी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ। तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२ दशमलव ५…