गण्डकी प्रदेश »

‘गण्डकीका धुनहरू’ मा ४० कलाकारहरुको प्रस्तुति गुञ्जदैँ

पोखरामा यही पुसको आउँदो २७ गते (शनिबार) ‘गण्डकीका धुनहरु’ गुञ्जदै छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गर्ने उक्त उक्त ‘गण्डकीका धुनहरु’ मा करिब ४० जना कलाकारहरुको प्रस्तुति रहने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न त्यसबाट मनोरञ्जन…

गण्डकी प्रदेशको निजामती सेवा पहिलो संशोधन अध्यादेश प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा पहिलो संशोधन अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुख भट्टलेले आज (शुक्रबार) प्रमाणीकरण गरेका हुन्। नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालय…

‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घर–आँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन्। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज (शुक्रबार) आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उनले भने, ‘अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन।’ नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधनको परिचालन गरेर काम गर्दा सबैतिर एकै पटक…

सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको औंल्याएका छन्। सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उनको भनाई छ। धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गरे। ‘संस्थालाई…

‘निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९ औं बार्षिक साधारण सभा एवं १७ औ अधिवेशनलाई आज (शुक्रबार) सदरमुकाममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास र सम्बृद्धिका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न सरकार तयार रहेको औंल्याए। मुख्यमन्त्री पाण्डेले भने, ‘स्थानीय…

‘विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनीय छ’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्। गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले विश्वविद्यालयले खेलकुदको शिक्षासँगै…

गण्डकी प्रदेश सभामा सुनिता थापाले शपथ लिइन्

गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। सभामुख कृष्णप्रसाद धितालले आज (शुक्रबार) थापालाई शपथ गराएका हुन्। यसअघि, गत कार्तिक २८ गते विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा थापा निर्वाचित भएकी हुन्। २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित गौचनको निधन भएपछि रिक्त पदमा…

गण्डकी प्रदेश, कृृषि मन्त्री पद्मा जिसी श्रेष्ठको १०० दिन

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। मन्त्रालयको सभाहलमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपंक्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानूनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धीहरु सार्वजनिक गरेकी हुन्। मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सोअनुसार कार्य गर्दै आएको उल्लेख…

व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउँछ

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री थापाले भने, ‘व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरतातर्फको कदम हो।’ उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव समेत दिए। ‘आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ। दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि…