
तनहुँको नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम गर्दैछ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको हो। कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ गर्ने…
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने कुरामा जोड दिएकी छिन्। वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले परिणाममुखी योजनाहरुमा जोड दिएकी हुन्। ‘योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन’, मन्त्री जिसीले उल्लेख गरिन्, ‘अब परिणाममुखी योजनाहरुमा जोड…
स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ। केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो। गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो। तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले…
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन्। परिषदको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी २ बर्षे कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। त्यसैगरी, परिषदको ६ जना सदस्य चुनिएका छन्। परिषदको सदस्यहरुमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम…
पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ। १८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो। स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो। पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम…
गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए। विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा…
पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन्। नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुका लागि महानगर र होटल संघ एक मत देखिएका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले पोखरामा आयोजना गरेको कार्यक्रममा होटल…
होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सो अवसरमा बोल्दै सुवेदीले…
कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ। त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण…
गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…