पोखरा उपत्यका »

अबदेखि ‘आहा रारा पोखरा गोल्ड कप फुटबल’

सहारा क्लब पोखराले वर्षेनी संचालन गर्दै आएको आहा रारा गोल्डकप अवदेखि आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको नामबाट संचालन हुने भएको छ। आयोजक सहारा क्लब र मुख्य प्रायोजक हिमश्री फुड्सले आज (मंगलबार) बिहान सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रतियोगिताको सो नामाकरण गरेको हो। आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच मुख्य प्रायोजक गर्ने सम्झौता…

व्यापार मेला सफल बनाउन बस्तुगत संघसंस्थाहरुले जनाए प्रतिवद्धता

पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसीर १५ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ लाई हरतरहले सघाउने प्रतिवद्धता जनाएका छन्। उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन्। मेला तयारीको क्रममा आइतबार भएको बैठकमा बोल्दै कास्की जिल्ला हस्तकला…

मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरामा मंसीर १६ देखि २५ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुन भएको छ। कोरोनाका कारण २ वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उद्योग वाणिज्य संघले यस वर्षदेखि संचालनमा ल्याउने भएको हो। नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष संचालन हँुदै आएको उक्त मेला मंसीर १६–२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा…

पोखरामा पर्यटन विकास मार्फत जिविकोपार्जन सुधार परियोजना

पोखराको पर्यटनलाई जिविकोपार्जनसँग जोड्न छनोट भएका परियोजना माथि पोखरामा सरोकारवालाबीच छलफल गरी आवश्यक सुझाव संकालन गरिएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा संचालन हुने क्षेत्रीय शहरी उत्थानशिलता तथा जिविकोपार्जन सुधार कार्यक्रम परियोजना अन्तर्गत पोखरा महानगरपालिकामा कार्यन्वयन हुने परियोजना छनोटका लागि महानगरले सरोकारवाला बीच छलफल कार्यक्रम गरी आवश्यक सुझाव लिएको हो। पोखरा महानगरपालिकाका प्रमुख…

फोटो पत्रकार संघ कास्कीमा पौडेल

नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन्। संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरुमा अशेष शाक्य र संजय शाक्य निर्विरोध निर्वाचित भए। ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने…

युआरएल पुरस्कारका लागि छनोट समिति

युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए। ३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ। समितिमा एक चिकित्सक र अर्का एक सदस्य…

पोखरामा पनि छठ पर्वको समापन

आज कार्तिक सप्तमी तिथी। अर्थात, छठ पर्वको अन्तिम दिन। पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ। पोखरामा पनि छठ पूजालाई व्यवस्था गरिएको थियो। केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा छठ पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको…

पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले बुधवार आकस्मिक रक्तदान गर्दै

एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ। विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ। ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक…

रामकली खड्कालाई सिद्धि गौचन स्मृति पुरस्कार प्रदान

महिला उद्यमी रामकली खड्का सिद्धि गौचन स्मृति पुरस्कार–२०७९ बाट सम्मानीत भएकी छिन्। जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सिद्धि गौचनको १२ औं स्मृति दिवस पारेर आज (शनिबार) पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित एक कार्यक्रमका बीच अर्पण गरिएको हो। पुरस्कारको राशी नगद १० हजार १ सय…

पोखरामा पर्यटकलाई भाइटीका, महोत्सवमा ३५ सहभागी

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटीका महोत्सव–२०७९ मा देश–विदेशका पर्यटकसहित ३५ जनाले सहभागिता जनाएका छन्। महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इटली, जर्मनीलगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले सहभागीलाई भाइटीका लगाइदिएका थिए। संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै…