पोखरा उपत्यका »

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै विमानस्थल निर्माणले पोखरामा मात्रै नभइ सिंगै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने औंल्याएका छन्। विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उनले बताए। प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति…

पूरा भयो पोखरेलीको ५ दशकदेखिको सपना

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्। आज पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी…

पोखरेलीहरुको ५ दशक लामो सपना पूरा हुँदै

पाँच दशक लामो प्रतीक्षा पछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्था सम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखी यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैप्रति पोखरा महानगरपालिका हार्दिक आभार व्यक्त गरेको छ। राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल…

अघौँ अर्चलेमा लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म…

पोखरामा २४ औं ‘सडक महोत्सव’ सुरु

पोखरामा यस वर्षको सडक महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको हो। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघीय तथा प्रदेश सरकारले पहल गर्ने बताए। जसमा…

सरिता तिम्सिना पंगेनीलाई लेखनाथ पत्रकारिता पुरस्कार

पत्रकार सरिता तिम्सिना पंगेनीलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार पंगेनीलाई प्रदान गरिने भएको हो। पुरस्कारका लागि संयोजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव…

लेखनाथ महोत्सव: सोमबार ७० लाखको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा दर्शक र कारोबारमा कमी आएको छ। पुसको ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आइतबारको तुलनामा महोत्सव…

२४ औं सडक महोत्सवको तयारी पूरा

अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले हरेक वर्ष महोत्सव गर्दै आएको छ। यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइडमा हुने २४ औं सडक महोत्सवको तयारी पूरा भएको छ। यसपालि पनि सोहि मितिमा गर्न लागिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) लेकसाइडस्थित बसुन्धरापार्कमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।…

लेखनाथ महोत्सवले दर्शक तान्यो, १ करोड २० लाखको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले दिन प्रतिदिन दर्शकहरुको मन लोभ्याएको छ। यस १८ औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनीय रहँदै गएको छ। महोत्सवको चौथो दिन आज (आइतबार) ३० हजार बढी दर्शकहरुले अवलोकन गरे। इसाई…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमानलाई आज (आइतबार) अवतरण गरिएको छ। सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमानलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। यहाँ, सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ। युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय…