पोखरा उपत्यका »

साग गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् । मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए । खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको…

दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली पोखरामा

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली शनिबार पोखरा आइपुगेका छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि पोखराको तयारी तथा आयोजनाबारे जानकारी लिन टोली शनिबार पोखरा आइपुगेको हो । सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा ‘सेफ दि मिसन’को नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा…

कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…

विभागीय सशस्त्र प्रहरी बलको एपीएफले जित्यो पोखरा क्रस कन्ट्री

पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ । पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ । ‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई…

पोखरा अन्तर्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको तयारी पूरा, पोखराकै पर्यटन खेलकुदमा नयाँ आयाम

पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए…

पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्रु र सर्वसाधारणमाथि ठगी

पोखरा । पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्री र सर्वसाधारणहरु ठगीको मारमा परेका छन् । ट्याक्सी चालकहरुबाट मनपर्दि भाडा उठाउने गरेको स्वयं यात्री र सर्वसाधारणबाट गुनासाहरु आएका छन् । यात्री र सर्वसाधारणको गुनासो उठेपछि गण्डकी प्रदेशको संसदमै ट्याक्सीबाट यात्री र सर्वसाधारणहरु ठगिएको विषय उठेको छ । त्यतिमात्र होइन सरोकारवालाबीच पनि छलफलहरु चलाइएका छन् । पोखरामा…

पत्रकार बास्तोलालाई दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार

पोखरा । पत्रकार बास्तोला दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित एवं पालिखे परिवारद्वारा स्थापित उक्त पुरस्कार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार बास्तोलालाई प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । आफूले प्राप्त गरेको…

पोखरामै एसएलसी पास गर्ने पहिलो व्यक्ति वीरेन्द्रकुमार बाटाजू

जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो । अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन…

पोखरा महानगरपालिका कार्यालयको मुलगेटमै काँग्रेसको तालाबन्दी

पोखरा । नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् । बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका उनीहरुले विहीबार महानगरको मुलगेटमै तालाबन्दी गरेका हुन् । नाराबाजी सहित उनीहरुले महानगर कार्यालयको गेटबाहिर प्रदर्शन समेत गरेका थिए । बजेट वितरण समानुपातिक नभएको काँग्रेसका…

पोखरा महानगर काँग्रेस पक्षधर वडाध्यक्षहरुले च्यातिदिए ‘रातो किताव’

पोखरा । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा मनोमानी गरेको र आफूहरुका कुरा नसुनेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको ‘रातो किताब’ नै च्यातेका छन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आफूहरले प्रस्ताव गरेका योजना नसमेटिएको विरोधमा रातो किताब च्यातिदिएका हुन् । बजेटमा काँग्रेसले जितेका वडाहरुमा विभेद गरिएको उनीहरुको जिकीर रहेको छ । कांग्रेसवाट निर्वाचित वडाध्यक्षहरुको बिरोधका कारण…