नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने यो वर्षको फेवा नव वर्ष महोत्सवको तयारी थालिएको छ। १८ औं संस्करणको फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको हो। यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ। चैतको २९ देखि वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटदेखि…
पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो। पोखरामा जन्मिएर…
पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको बताएका छन्। पोखरा महानगरको सातौं स्थापना वर्ष गाँठको अवसरमा प्रमुख आचार्यले भने, ‘महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको छ। यस सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको छ।’ बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको मेयर आचार्यले सुनाए। उनले भने, ‘यसको…
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिएका छन्। पोखरा महानगरको सातौं स्थापना दिवस अवसरमा पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन्, ‘संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ। नगरपालिकाले नीति बनाउन सक्छ,…
पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ। समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ। पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो। उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो। काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो। फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ। नेपाल…
पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,…
पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ। दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ। दुबै इन्जिनका प्रोपेलर ब्लेड…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताएका छन्। पोखरा–९ न्युरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै प्रमुख आचार्यले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए। ‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा…