
पोखरा महानगरपालिका नगर युवा परिषदले पत्रकार अमृत सुवेदीसहित पोखरा क्षेत्रका ६ जनालाई ‘वर्ष उत्कृष्ठ पुरस्कार प्रदान’ गरेको छ। पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरकर्मी गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन्। पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेका हुन्। पोखरालाई केन्द्र…
स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ। तालिममा सहभागि वक्ताहरुले समाचारको प्रभावकारिताको लागि स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन्। प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख आचार्यसँग भेट गरेका हुन्। पोखरा महानगरले आउँदो बर्षको बजेटमा पोखराका ३३ वटै वडामा उक्त कार्यक्रम पुग्ने…
फेवातालको सीमाना (तालघर) मा पिल्लरहरु गाढ्ने कामको सुरुवात गरिएको छ। तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमांकन गरी सीमाक्षेत्रमा पिल्लरहरु गाढिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय…
पोखराको फेवातालको तालघरमा शनिबारदेखि पिल्लरहरु गाढिदैँछ। फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने भएको हो। समितिका संयोजक तथ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलिदेखि नै ३ तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए। पत्रकार सम्मेलनमा जनाइएअनुसार मुख्यमन्त्री पाण्डेले पहिलो पिल्लर गाढ्नेछन्।…
पोखराको लेकसाइडमा यही जेठको ९ गतेदेखि तेस्रो संस्करणको ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुँदैछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुने भएको हो। मार्ट आयोजना हुने मिति : २०८२, जेष्ठ ९ र १० गते। मार्ट आयोजना हुने स्थान : क्रिस्टल महल, अम्बोट, लेकसाइड स्ट्रीट…
पोखरामा शनिबारदेखि जेसिज सप्ताह सुरु हुँदैछ। पोखरा जेसिजको आयोजनामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म जेसिज सप्ताह हुँदैछ। नि:शुल्क स्वास्थ्य शिविर, निर्णय पुस्तिका (माइन्यूट) लेखन तथा वित्तीय साक्षरता तालिम र विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेर जेसिज सप्ताह मनाउन लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ्रे…
पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुँदैछ। पोखरा महानगरपालिका–९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको हो। पोखरामा (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो। पोखरा–९, नयाँबजारस्थित (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) संचालनमा आउँदै…
पर्यटकीय शहर पोखरामा २० औँ संस्करणको ‘फेवा नव वर्ष महोत्सव–२०८२’ सुरु भएको छ। होटल संघ पोखराले आयोजना गरेको ‘फेवा महोत्सव’ आगामी बैशाख १ गतेसम्म चल्नेछ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा लेकसाइडस्थित अम्मोटमा महोत्सवको उद्घाटन गरेका हुन्। त्यसअघि, खहरे ड्यामसाइडबाट निकालिएको झाँकीसहितको र्याली महोत्सवस्थल अम्मोटमा पुगेको थियो। ‘फेवा महोत्सव’ अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित…
२० औं संस्करणको फेवा नव वर्ष महोत्सव–२०८२ को संपूर्ण तयारी पूरा भएको छ। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा…
पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ गरिदैँछ। राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपालले पर्सि चैतको २२ गते (शुक्रबार) साँगीतिक साँझको आयोजना गर्न लागेको हो। आयोजक राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी सांगीतिक साँझको विविध पक्षबारे जानकारी गराएको हो। पोखरा सभागृहमा शुक्रबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने एकल साँझका…