पोखरा उपत्यका »

पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै

पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी…

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री पोशाक वितरण

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्युन आय भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ। आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनिकरण कार्यक्रमका…

सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन

नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको…

ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा

चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह…

पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी…

पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) बिहान पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाजले अवतरण गरेको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका…

पोखराको रत्न मन्दिर गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिदैँ

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रत्न मन्दिर आउँदो गणतन्त्र दिवसका दिनदेखि खुला गरिने भएको छ। यो निकै लामो समयको प्रयासपश्चात सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। रत्न मन्दिर सर्वसाधारणहरूका लागि कौतुहलताको समेत विषय हो। यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेको र सर्वसाधारणहरूको सहज पहुँच बन्देज गरिएका कारण यसप्रति आम पोखरेलीहरूको…

पोखराका पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका छन्। चलचित्र पत्रकार संघ कास्कीका संस्थापकसमेत रहेका अध्यक्ष सिग्देललाई चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते संघको २४ औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागेको हो। सिग्देलसंगै अन्य ५ पत्रकार सम्मानित हुँदैछन्। २०५४ सालदेखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका…

पोखराको हेमजामा तेस्रो संस्करणको हिले महोत्सव–२०८० हुने

पोखरा–२५ हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो संस्करणको हेमजा हिले महोत्सव–२०८० हुने भएको छ। आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो। महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुनेछ। आज (सोमबार) हेमजामा बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।…

पोखरा महानगरभित्र न्यून लागतका १०० व्यवस्थित घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडकाबीच महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो। सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग…