पोखरा उपत्यका »

पोखरामा शहिद दिवस मनाइयो

पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो। सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखे। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक…

पोखरामा प्रेस सेन्टरको स्थापना दिवस मनाइयो

पोखरामा प्रेस सेन्टर नेपालको स्थापना दिवस मनाइएको छ। स्थापना दिवसको अवसरमा आज (आइतबार) पोखरामा प्रभातफेरी गरी मनाइएको छ। प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संयुक्त प्रभातफेरी गरेका हुन्। पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो। कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा…

पोखरा महानगरले गर्‍यो जहाज दुर्घटनामा परी दिवंगत भएकाहरुको सम्झनामा स्मृति सभा

पोखरा महानगरपालिकाले माघको गत १ गते यति एयरलाइन्सको दुर्घटना परी ज्यान गुमाएकाहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। दुर्घटना परी दिवंगत भएकाहरुको १३ औं पुण्य तिथि आज (माघ १३ गते, शुक्रबार) मा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुलको सेती खोंच नजिकै महानगरले श्रद्धाञ्जली सभा गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज…

शोकलाई शक्तिमा बदलौ: कानूनमन्त्री गाहामगर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवंगत पत्रकार त्रिभुवन पौडेल तथा संचारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति बताएका हुन्। मन्त्री गाहामगले दुर्घटनामा परी मृत्युभएका द्वय…

पोखरा महानगरमा मेयर–विद्यार्थीको अन्तरसंवाद

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तरसंवाद गरिएको छ। प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसरलगायतका विषयमा केन्द्रीत अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था/संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाए। कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका…

महोत्सवले आर्थिक चलायमान हुन्छः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मेला महोत्सवले आर्थिक चलायमान हुने बताएका छन्। पोखराको अमरसिंह चौरमा आज (बुधवार) देखि सुरु ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्छ। मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्छ।’ मुख्यमन्त्री…

११ औं संस्करणको पोखरा महोत्सव सुरु

पोखराको अमरसिंह चौरमा आज (बुधवार)देखि ११ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ। युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहबीच उद्घाटन गरे। यसैगरी, महोत्सव उद्घाटनपूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा र्‍यालीको आयोजना गरिएको थियो। उक्त झाँकी तथा र्‍यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाईले प्रथम स्थान हासिल गरेको…

११ औं पोखरा महोत्सवको तयारी पूरा

११ औं पोखरा महोत्सवको संपूर्ण तयारी पूरा भएको छ। आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको महोत्सवको संपूर्ण तयारी पूरा भएको जनाएको हो। ११ औं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय…

पोखरामा महिनावारी (छाउपडी प्रथा) बारे धामी, पूजारीको भेला

पोखरामा महिनावारी (छाउपडी) सचेतना गर्ने उद्देश्यले धामी, पूजारीको भेला गरिएको छ। छाउपडी प्रथाको अत्यका लागि गरिमा परियोजना र ग्रीन तारा नेपालको संयुक्त आयोजनामा आज (सोमबार) पोखरामा धामी पूजारीहरुको भेला गरिएको ग्रीन ताराका सिनियर प्रोग्राम म्यानेजर सलिता गुरुङले जानकारी दिइन्। महिनावारीसम्बन्धी भेदभाव मानव अधिकारको विषय रहेको गुरुङको भनाई थियो। ‘मर्यादित महिनावरी, हामी सवैको जिम्मेवारी’ भन्ने मूल…

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)

पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष…