विज्ञान-प्रविधि »

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…

नागरिकका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न ह्वाट्सएप नम्बर

धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…

२ जना युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामको युट्युब च्यानल संचालन गर्दै आएका…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सीसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटिभी क्यामेरा जडान गरेको छ। आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सीसीटिभी क्यामेरा जडान गरिएका हुन्। आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउनका लागि सीसीटिभी…

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको आग्रह ‘मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गरौं’

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गर्न आह्वान गरेका छन्। उनले भने,  मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने  बताए । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा…

अनलाइनबाटै पोखरा महानगरपालिकाको न्यायिक समिति समक्ष उजुरी

पोखरा । पोखरा महानगरपालिमा अनलाइनमार्फत न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा रहेकोले न्यायिक समितिले अनलाइन मार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । उपप्रमुख गुरुङले बताइन,…

फागुनको ११ देखि पोखरामा क्यान इन्फोटेक, तयारी तिब्र

पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने…

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ नामक क्षेप्यास्त्र जोड्यो

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ । तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी…