विज्ञान-प्रविधि »

बीबीसी १०० महिलाको सूचीमा शिलशिला आचार्य पनि

बागलुङकी शिलशिला आचार्य बीबीसी १०० महिला २०२४ को सूचीमा परेकी छिन्। शिलशिला, पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता हुन्। मंगलवार सार्वजनिक भएको बीबीसी १०० महिला २०२४ सूचीमा शिलशिला नेपालबाट यो सूचीमा पर्न सफल भएकी हुन्। बीबीसीले उनलाई दिगो विकास उद्यमीका रूपमा उल्लेख गरेको छ। उनले प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँदै आएकी छन्। शिलशिलाले फोहर…

मेटा कम्पनीले इन्टरनेटमा क्रान्ति ल्याउँदै

मेटाले समुन्द्रमुनि केबल नेटवर्क निर्माण गर्ने योजना बनाएको छ। फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता विश्वचर्चित एपहरूको अभिभावक कम्पनी मेटाले ४० हजार किलोमिटर लामो फाइबर अप्टिक सबमरिन केबल निर्माण गर्ने योजना ल्याएको हो। टेकक्रन्चको एक रिपोर्टअनुसार सुरुवाती चरणमा कम्पनीले करिब २ अर्ब अमेरिकी डलर लगानी गर्ने बताइएको छ। परियोजना अघि बढेसँगै यसको लागत १० अर्ब डलर (साढे…

रोमानियामा टिकटकको प्रभाव, राष्ट्रपति निर्वाचनमा क्यालिनको जीत

युरोपेली देश रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा क्यालिन जर्जेस्कुले हात पारेका छन्। त्यहाँको संचारमाध्यमहरुले क्यालिनको जीतलाई लिएर टिकटकको प्रभाव भनेका छन्। क्यालिनको जितलाई युरोपका संचार माध्यमले ‘टिकटक’को जीत बताएका छन्। संचारमाध्यमहरुका अनुसार राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर टिकटकको भूमिकालाई राष्ट्रपति निर्वाचन बिथोलेको आरोप छ। टिकटकले आफ्नो अल्गोरिदममार्फत रोमानियाको निर्वाचन कानून उल्घंनन गरेको आरोप लागिरहेको छ। रोमानियाको…

लाखौं प्रयोगकर्ताहरुले एलन मस्कको ‘एक्स’ छाड्दै

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लूस्काईमा आएका छन्। ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको हो। समाचार संस्था रोयटर्सअनुसार पछिल्लो सातामा मात्रै ब्लूस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। यससँगै प्लेटफर्ममा १ करोड…

टिकटकका सयौँ कर्मचारीहरु कटौतीमा परे

सामाजिक सञ्जाल टिकटकले सयौँको संख्यामा कर्मचारी कटौती गरेको छ। यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित बनेका छन्। कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ। टिकटकले स्वचालित विधिसँगै…

प्राथमिकतामा सूचना प्रविधि हब

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको (बुधबार) उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका हुन्। ‘दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता…

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आज (बिहीबार) यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। ‘संचार तथा सूचना प्रविधिको विकास,…

अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा…

९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध

अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा…

टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…