देश–समाज »

फेसबुक र टिकटकमाथि सरकारको कडा निगरानी

फेसबुक र टिकटमाथि सरकारले कडा निगरानी गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घृणा, भ्रम र अफवाह फैलाउने सामग्री पोष्ट गरे साइबर मुद्दा लाग्ने जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा ‘जस्तोस्कै सामग्रीहरु पनि’ लेखेर पोस्ट गर्ने विकृति बढेपछि सरकारले कडा निगरानी थालेको हो। फेसबुक टिकटक, घृणाजन्य र भ्रम फैलाउने पोस्ट पढ्न…

‘सरकारको प्राथमिकतामा सूचना प्रविधिको विकास र प्रयोग’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने उल्लेख गरेका छन्। नेपाल सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रविधिको प्रयोगमार्फत सबै स्थानीय…

सूचना आयोगको सुझाव छ, ‘सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ’

राष्ट्रिय सूचना आयोगले सबै सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ। ‘हाल, प्रचलनमा रहेका कानुनले सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था गरेकोले भ्रष्टाचार बढेको ठहर गरेको छ’, आयोगको सुझावमा उल्लेख छ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो वार्षिक प्रतिवेदनमार्फत ‘भ्रष्टाचार नियन्त्रण गर्न, जवाफदेहिता कायम गर्न, पारदर्शिता बढाउन सार्वजनिक…

‘सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजन पुग्नेछ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुग्ने बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने उल्लेख गरे। नेपाल सरकारका…

संचारमन्त्रीको आग्रह, ‘आधारहीन समाचारहरुको पछि नलागौं’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आधारहीन समाचारको पछि नलाग्न संचारमाध्यमहरुसमक्ष आग्रह गरेका छन्। ‘सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको छ’, संचारमन्त्री गुरुङले चिन्ता व्यक्त गरेका छन्। काभ्रेपलाञ्चोकबाट संचालित ‘मदानी बिट डटकम’ समाचार ‘न्यूज पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्न मिडियाहरुसँग…

१० युट्युव च्यानलसहितका माध्यमलाई काउन्सिलको कारवाही

अफवाह फैलाउने १० युट्युव च्यानलसहितका माध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ। अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै काउन्सिलले ती युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई (सोमबार) कारवाही गरेको हो। तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी संचालित छन्। मिडियाअन्तरगत दर्ता/सूचीकरण नभई संचालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचारसमेत…

‘स्थानीय तह निर्वाचनमा संचार जगतको विशेष भूमिका रहन्छ’

प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका रहेको बताएको छ। काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो। काउन्सिलले भनेको छ, ‘आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका छ। मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेछ।’ प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय…

अस्ट्रेलियाको बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको प्रस्ताव

अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ। यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। यो विधेयक बिहीबार पेस गरेको हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’ अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको…

‘एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौता अवैधानिक छ’

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको संचार क्षेत्रका ३ संस्थाले आरोप लगाएका छन्। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया एलाइन्सले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा (क्यान) ले गंभीर गल्ती गरेको आरोप लगाएका हुन्। (क्यान) ले एनपीएलको…

९ सामाजिक सञ्जालहरु (युट्युब/फेसबुक पेज) कारवाहीमा

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानलहरु प्रेस काउन्सिल नेपालको कारवाहीमा परेका छन्। तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा काउन्सिलले पत्राचारसमेत गरेको छ। सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन…