देश–समाज »

स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने तयारी

स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो। जसमा खेलकुदका विश्वकप क्रिकेटदेखि आइपीएल क्रिकेटसम्म प्रसारण हुँदै आएको छ। नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण पनि स्टार स्पोर्ट्समार्फत गर्ने तयारी थालिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी…

संचार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सेवा सहज बनाउन निर्देशन दिएका छन्। संचार मन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म संचार सेवा सहज बनाउन निर्देशन दिएका हुन्। सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिएका थिए। यसैगरी, जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि संचार मन्त्री गुरुङले बेसीसहर–चामे सडक…

आधिकारिक रूपमै नेपालमा टिकटकको दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमै नेपालमा दर्ता भएको समाचार छ। समाचारअनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्। मन्त्रालयका प्रवक्तासमेत रहेका ठाकुरले भनेका छन् ’टिकटकले प्रक्रिया मिलाएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो।’ प्रवक्ता ठाकुरले बताएअनुसार टिकटक सामाजिक सञ्जाल…

डा. सुरेश आचार्य, सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डा. आचार्यलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो। उक्त बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो। यसैगरी, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।…

३ महिनामा प्रेस स्वतन्त्रता हननका १९ घटना

पछिल्लो ३ महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन्। प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमित रूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो। पछिल्लो ३ महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन्। यसैगरी, आक्रमण/कुटपिटका घटना ४, पेसागत असुरक्षा २, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना १/१…

‘संचार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ’

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि संचार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज (बुधबार) दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताएका हुन्। ‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार बनेको…

‘अराजकतालाई मलजल गर्ने मिडिया कारवाहीमा पर्छ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरामा ल्याउने दृढता जाहेर गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना संप्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उनले उल्लेख गरे। अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ।…

संचारमन्त्री गुरुङ र नेफेज समूहबीच भेटघाट

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल वातावरण पत्रकार समूह (नेफेज) को समूहले भेट गरेको छ। (नेफेज) समूहको नवनिर्वाचित कार्यसमिति संचार मन्त्रालय पुगेर मन्त्री गुरुङलाई भेटेको हो। भेटमा संचारमन्त्री गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताए। उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे। सरकारका प्रवक्ता मन्त्री…

७५३ वटै स्थानीय तहले सूचना अधिकारी तोक्नू

राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रुपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो। सूचनाको हकसम्बन्धमा १० बुँदा कार्यान्वयनका लागि आयोगको गत असोज १६ को बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको हो। जसमा सूचना अधिकारी अनिवार्य…

‘आफ्नो र सार्वजनिक चासोमा मात्रै सूचना माग्न पाउने अधिकार’

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आफ्नो र सार्वजनिक चासोको विषयमा मात्रै सार्वजनिक निकायमा सूचना माग्न पाउने अधिकार रहेको बताएका छन्। सोमवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले अपराध, अनुसन्धानमा रहेको विषयमा सूचना दिन नपर्ने स्पष्ट पारेका छन्। ‘नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनले नेपालको सार्वभौमसत्ता,…