देश–समाज »

पत्रकारहरु नै असुरक्षित, सरोकारवालाको ध्यानाकर्षण

पछिल्लो समय पोखरामा सुरक्षाकर्मी र आन्दोलनरत् पक्षबाट पत्रकार तथा संचारकर्मीहरु निशानामा पर्दै गएको घटनाप्रति पत्रकार महासंघको प्रदेश तथा जिल्ला घटकलगायत सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको छ। आन्दोलनरत् पक्ष र सुरक्षाकर्मीबाटै पत्रकारमाथि असुरक्षा र संचार सामग्रीको तोडफोडको घटनालाई लिएर पत्रकार सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको हो। पत्रकार, संचारकर्मीमाथि असुरक्षा बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रतासम्बद्ध संघ, संगठनले…

लाखौं प्रयोगकर्ताहरुले एलन मस्कको ‘एक्स’ छाड्दै

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लूस्काईमा आएका छन्। ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको हो। समाचार संस्था रोयटर्सअनुसार पछिल्लो सातामा मात्रै ब्लूस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। यससँगै प्लेटफर्ममा १ करोड…

अन्ततः स्टार स्पोर्ट्सबाटै (एनपीएल) को प्रत्यक्ष प्रसारण

स्टार स्पोर्ट्स टिभी च्यानलबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ। खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय टिभी च्यानल स्टार स्पोर्ट्सबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसीर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको…

३ वर्षभित्र ३ लाख युवालाई ‘आइटी’ उद्योगमा रोजगारी

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी ३ वर्षभित्र ३ लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। बिहीबार लिभिङ विथ आइसीटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरेको सुनाए। उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट…

‘द गार्जियन’ को घोषणा, ‘एक्स’ प्लेटफर्म बहिस्कार

बेलायती अखबार ‘द गार्जियन’ले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ। गार्जियनले ‘एक्स’मा नकारात्मकता धेरै भएको उसले बताएको छ। अबदेखि आफ्नो आधिकारिक एकाउन्ट ‘एक्स’मा कुनै समाचार पोस्ट नगर्ने बताएको हो। ‘गार्जियन’ले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ। तर, ‘एक्स’ प्रयोगकर्ताले हाम्रा रिपोर्ट…

पत्रकार भुलको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउँ

नेपाल पत्रकार महासंघले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। महासचिव रोशन पुरीले बुधवार विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन्। राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सह–सचिवसमेत रहेका कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कार्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही…

सामाजिक सञ्जाल प्रयोगमा काउन्सिलको विशेष अपिल

प्रेस काउन्सिल नेपालले संचार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ। नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा संचालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मंगलबार विशेष अपिल जारी गरको हो। सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक…

४ संचारमाध्यम कालोसूचीमा, ७ मिडियामाथि छानबीन

प्रेस काउन्सिल नेपालले विभिन्न ४ संचारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै, विभिन्न ७ संचारमाध्यमलाई विशेष अनुगमनमा राखी छानवीन गरिरहेको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै ती संचारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गर्नुका साथै विशेष अनुगमनमा राखेर छानवीन थालेको हो। काउन्सिलको निर्देशन अटेर गर्ने,…

प्रदीपराज वन्त, (एनएफपीजे) को अध्यक्ष

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्। समूहको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा…

प्रेस रजिस्ट्रारबीच मिडिया व्यवस्थापनबारे छलफल

प्रेस काउन्सिल नेपालमा संघीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल भएको छ। छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले काममा दोहोरोपना हुन नहुने बताए। मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय–समयमा छलफल भइरहनुपर्ने बस्नेतको बनाई…