
विशन क्षत्री, संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा निर्वाचित भएका छन्। मञ्चको पोखरामा आइतबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई मात्र ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। कुल ३६ मतदातामध्ये शत्प्रतिशत मत खसेकामा विशनले २० मत ल्याएका थिए। मञ्चको सचिव, सह–सचिव तथा कार्यसमिति सदस्यमा सर्वसम्मत् भएपनि अध्यक्ष, उपाध्यक्ष…
नेपाल पत्रकार महासंघ कास्की शाखाले फुटसल च्याम्पियन बनेको छ। पत्रकार महासंघ बागलुङ शाखाले मंगलबार आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनलमा आयोटक टिमलाई ६–५ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै कास्की शाखाले ट्रफी मेडल प्रमणपत्र प्राप्त गरेको छ। कास्कीले समूह चरणपछि क्वार्टरफाइनलमा बाई पाएर सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको टिमलाई ७–२…
समाधान दैनिकका दिलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङले ५ किमि दौड जितेका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत पोखरामा शनिबार सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पूरा गरी पहिलो बनेका हुन्। प्रतियोगितामा पुरूषतर्फ गोल नेपालका अर्जुन हिताङ…
पोखरामा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बिषयक गोष्ठी गरिएको छ। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजनामा बिहिबार पोखरामा गोष्ठी गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताए। पोखरा महानगरपालिका वडा नं २५ का…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा पोखरामा शुक्रबार खेल पत्रकारलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा भएको तालिममा भलिबल, एथ्लेटिक्स र क्रिकेट खेलबारे प्रशिक्षण दिइएको हो। तालिममा खेलका नियम बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको हो। भलिबलसम्बन्धी राजन पौडेल, आइटीओ एथ्लेटिक्ससम्बन्धी सिद्धान्त अधिकारी र क्रिकेटसम्बन्धी…
‘सूचनाको हक’का लागि गण्डकी प्रदेश समिति गठन गरिएको छ। गण्डकी प्रदेशभित्रका सूचनाको हकका अभियान्ताहरूको भेलाले ‘सूचनाको हकका लागि राष्ट्रिय महासंघ’को गण्डकी प्रदेश समिति गठन गरेको हो। समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङ चयन भएका छन्। भेलाले गठन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भरत कोइराला, सचिवमा कृष्ण क्षत्री, महिला…
पोखरामा ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारिता तालिम सुरु भएको हो। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले तालिमको उद्घाटन गर्दै समाजलाई सचेत, सुशुचित र सकृय गराउने काम पत्रकारिताको भएको बताए। तालिमले पत्रकारलाई गतिशिल बनाउन मद्दत गर्ने उनको भनाई थियो। नेपाल पत्रकार महासंघ कास्कीका पुर्व…
पत्रकार रोहितराज पराजुलीलाई यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मान गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले संचालन गर्दै आएको सो पुरस्कारबाट मंगलबार पराजुलीलाई सम्मान गरिएको हो। ३ जुन अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारी घान्द्रुकमा आयोजना गरिएको पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन समापन समारोहमा २५ हजार राशीसहितको सो पुरस्कार पराजुलीलाई…
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सोमबार रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्। नवनियुक्त सदस्यहरु, नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली काँग्रेस निकट प्रेस युनियनबीच ३/३ जना भागभण्डा गरिएको हो। प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम विडारी सदस्यमा नियुक्त भएका छन्। त्यस्तै,…
संचारिका समूहकी संस्थापक अध्यक्ष दुर्गा भण्डारी र संचारिका समूह, गण्डकीकी पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई संचारिका पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। संचारिका समूह गण्डकीले दुर्गा र जमुना वर्षालाई पुरस्कार प्रदान गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र संचारिका समूह गण्डकीको सह–आयोजनामा शनिबार पुरस्कार अर्पण कार्यक्रम गरिएको हो। पोखरामा शनिबार पत्रकार महिलाको क्षमता अभिवृद्धि…