
म्याग्दीको मंगला शिक्षा क्याम्पसले तिहारमा देउसी भैलो खेल्दैछ। जिल्लाको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानका लागि देउसी भैलोमा जुटेको हो। देउसी भैलोमा अभियानमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग गरेको छ। मंगला गाउँपालिका अध्यक्ष एवं क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस संचालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन…
पर्वतको महाशिला गाउँपालिका–५ लुंखुुदेउरालीस्थित एसियाकै ठूलो महाशिला (ढु्ंगा) मा ७ करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ। सडकमार्गको पहुँचसँगै महाशिला वरिपरी आकर्षक संरचना निर्माण गरिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन्। सदरमुकाम कुश्माबजारबाट करिब ४०…
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरिएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो। मंगलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रस्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा. पौडेलले जानकारी दिए। शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको…
लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ। हालैमात्र, पालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा भएको हो। सो नगरपालिकाले ४ करोड ९ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेर आफ्रनै प्रशासकीय भवन निर्माण गरेको हो। यसअघि, मध्यनेपाल नगरपालिका–६, भोर्लेटारस्थित मासिक १ लाख रुपैयाँ बढी भाडा तिरेर आएको नगरपालिका अब आफ्नै भवनमा संचालन…
पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो। बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो। पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा…
तनहुँको नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम गर्दैछ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको हो। कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ गर्ने…
कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भावस्था परीक्षण गर्न आउने प्रत्येक गर्भवती महिलालाई एक क्रेट कुखुराको अण्डा प्रदान गर्ने कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाको गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक १÷१ क्रेट कुखुराको अण्डा वितरण कार्यक्रमको सुरुआत गरेको हो। ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका…
स्याङ्जाको चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा सो नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो। सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोगसम्वन्धी विषयमा स्थानीय नागरिकवीच छलफल भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता…
पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुषालले बताए। गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुनेगरी निःशुल्क एम्बुलेन्स सेवा अघि सारेको उल्लेख उनले गरे। उनले भने, ‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय…
म्याग्दीको मंगला गाउँपालिका–२, हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको ४६ लाख ८४ हजार २ सय ५१ को लागतमा आयोजना निर्माण भएको हो। आयोजनामार्फत ६४ घरमा एक÷एक र स्थानीय सिद्ध शान्ति माविमा २ वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको छ। सबै…