Hero News »

पत्रकार महासंघ गण्डकीमा पनि युनियन–चौतारी प्यानलकै जीत

पत्रकार महासंघ गण्डकीको निर्वाचनमा पनि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघ गण्डकीमा पनि यो २ प्यानलबीचकै कडा प्रतिस्पर्धा थियो। नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा…

पत्रकार महासंघ कास्कीमा चौतारी–युनियनको प्यालन विजयी

पत्रकार महासंघ कास्कीको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघको कास्कीमा यो २ प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो। महासंघ कास्कीको २२३ सस्दस्य (मतदाता) मध्ये २१० मत खसेकोमा…

गण्डकीमा पौडेल–सुवेदीको प्यानलबीच पत्रकार चुनावी दौड

यतिखेर, पत्रकार महासंघको निर्वाचनले आम संचारकर्मी र पत्रकारमाझ सरगर्मी बढेको छ। यहि मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्बाचनमा केन्द्रदेखि प्रदेश र जिल्लासम्मका पत्रकारहरु चुनावी होडमा उत्रिएका छन्। निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न पत्रकारहरुको घटकदेखि स्वतन्त्र उम्मेदवारहरु चुनावी रणनीतिमा जुटेका छन्। निर्वाचनका लागि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र नेकपा…

‘जनताको सूचनाको हकलाई प्रभावकारी बनाउनुपर्छ’

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। संघीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन्। मन्त्रालयमा आइतबार आयोजित संघीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्।…

निर्मला शर्माको नेतृत्वमा युनियन–चौतारीको संयुक्त प्यानल

यही मंसीरको आउँदो २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाली काँग्रेससम्बद्ध नेपाल प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा गठबन्धन बनेको छ। माउ पार्टीहरुको सत्ता साझेदार भएसँगै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघको चुनावमा पनि सम्बद्ध पत्रकार घटकको नयाँ प्यानल बनेको हो। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच निर्मला शर्मा नेतृत्वको आधिकारिक संयुक्त प्यानल…

यस्तो छ, पत्रकार महासंघमा प्रेस सेन्टरलगायतको प्यानल

यही मंसीरको २८ गते हुने पत्रकार महासंघको निर्वाचनमा रमेश विष्ट अध्यक्षको प्रत्यासी रहनेगरी प्रेस सेन्टर नेपालसहितको प्यानल बनेको छ। यसअघि, रमेश विष्ट पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए। उनी नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियनका हुन्। यो पटक सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेसम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको…

पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी

पत्रकार महासंघको भावी नेतृत्वका लागि ६ घटकहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। यही मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल बनेको हो। निर्वाचनका लागि प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपालको संयुक्त प्यानल बनेको हो। संयुक्त प्यानलबाट…

५२ सदस्यीय पत्रकार महासंघको निर्वाचनमा १३३ को उम्मेदवारी

यही मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनले पत्रकारबीच सरगर्मी बढाएको छ। पत्रकारहरुको निर्वाचनका लागि केन्द्रमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा प्यानल बनेको छ। त्यसैगरी, प्रेस युनियन र प्रेस चौतारी इतरको प्रेस सेन्टर नेतृत्वमा पत्रकारहरुको ६ घटकहरुको अर्को प्यानल बनेको छ। यो प्यानलमा प्रेस सेन्टर नेपाल,…

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ। भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ। यसअघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो। यस्तै, उम्मेदवारमाथिको दाबी विरोधको समय पनि बढाइएको छ। यसअघि, शुक्रबार साँझ ७…

साम्पाङको धम्कीविरुद्ध संचारकर्मीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

सुनसरीका संचारकर्मीहरुले आफूहरु सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुबाटै असुरक्षित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्। शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो। नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने…