
प्रेस काउन्सिल नेपालले महिला पत्रकारको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम संचालन गर्दैछ। तालिम संचालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउने गरी कार्यक्रम गर्न सुझाव दिएका छन्। सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले महिला पत्रकारको अवस्था, समस्या र समाधानका उपाय विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गरिन्। पत्रकार महिलालाई बिट पत्रकारितामा,…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको उल्लेख गरेका छन्। उनले भने, ‘पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने छ। डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘आम जनताले जुनसुकै माध्यमलाई पत्रकारिता मान्ने धारणा विकसित भएकाले त्यस्ता भ्रमलाई हटाएर जान सक्नुपर्ने छ। डिजिटल पत्रकारिताको ज्ञानले…
६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाएका छन्। काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न गरेको हो। आज (शनिबार) शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्। साथै यो वर्ष काउन्सिल पत्रकारिता सम्मानबाट…
६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाउँदैछन्। काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न लागेको हो। आगामी शनिबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नेछन्। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस भएको संचार विधेयकमा सरोकारवालासँग आवश्यक छलफल गरेर संशोधनसहित विधेयकको मस्यौदा तयार गरिएको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन म्याग्दीले आज (बिहीबार) बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संचार विधेयकलाई लिएर पत्रकार आन्दोलित बन्नुपर्ने अवस्था नआउने दाबीसमेत गरे। मुख्यमन्त्री पाण्डेले बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले व्यक्तिले प्रयोग गर्ने सामाजिक सञ्जालको सम्बन्धमा चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संचार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन संचार माध्यमलाई उनको सुझाव छ। व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ संचार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनले जोड…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्ति बिना अनलाइन सञ्चार माध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरावलोकन हुनुपर्नेमा जोड दिएका छन्। उनले अनलाइन दर्ता क्रम व्यापक बढेको, गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेको समेत औँल्याए। नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकहरूका लागि बिहिबार काउन्सिलमा भएको आचारसंहिता अभिमुखीकरण…
प्रेस काउन्सिल नेपालले भक्तपुरमा २ दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्नेमा जोड दिएको छ। यसको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने कार्यक्रमको निष्कर्ष छ। कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराए।…
प्रेस काउन्सिल नेपालमा न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ गरिएको छ। प्रेस काउन्सिल नेपाले आज (सोमबार) भक्तपुरमा न्यु मिडिया र आचारसंहिताको चुनौति विषयमा ‘सम्पादक सम्वाद’ गरेको हो। कार्यक्रमअन्तर्गत भोली (मंगलबार) ‘सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन’ विषयमा छलफल हुनेछ। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न…
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिएको छ। साथै, महासंघले प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र समेत बुझाएको छ। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको प्रष्ट पारे। उनले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुँदाहुँदै…