पत्रकार महासंघ गण्डकीमा संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा मंगलबार स्मृतिसभा गरिएको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेल र अनिल शाहीको स्मरणमा दोस्रो स्मृति सभा गरेको हो। २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै संचारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो। महासंघको…
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते (मंगलबार) हुने भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो। स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदानसहित अन्तरक्रिया कार्यक्रम र प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार अर्पणसमेत गरिने सचिव रञ्जन अधिकारीले जानकारी…
दीननाथ बरालले प्रेस सेन्टर कास्कीको नवनिर्वाचित कार्यसमितिको नेतृत्व सम्हालेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको शनिबार पोखरामा सम्पन्न छैटौं अधिवेशनले बरालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। नव निर्वाचित सिंगो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन ज्ञवालीले नवनिर्वाचित पदाधिकारी…
दीननाथ बरालको नेतृत्वमा प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिको नयाँ कार्यसमिति गठन भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोे हो। बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो। त्यसैगरी, उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा…
पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनपक्षीय र आम नागरिकको पक्षमा खरो रुपमा कलम चलाउन पत्रकारहरुसमक्ष आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैटौं अधिवेशन समारोहको उद्घाटन गर्दै कपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठल भने, ‘स्वार्थ र गलत मिसनलाई फाइदा पुग्नेगरी पत्रकारहरु लाग्न हँुदैन।’ उनले सत्य र तथ्यका…
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सूचनाको हक र संचार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग ‘सूचनाको अधिकार : कार्यान्वयनको चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रष्टट पारे, ‘सरकारी तथा सार्वजनिक निकायहरूको…
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्यांक छ। नेपाल पत्रकार महासंघ, संचार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासंघले जनाएको छ। विगतका…
१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जानकारी दिए, ‘सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ।’ मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको…
गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले संचार माध्यम र सामाजिक सञ्जाल माध्यममार्फत आउने मिस इन्फर्मेशन (झुटा सूचना) लाई कम गर्नुपर्नेमा जोड दिएका छन्। प्रेस युनियन बागलुङले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुवेदीले आग्रह गरे, ‘यसतर्फ स्वयं पत्रकारहरु सचेत बन्नुपर्छ।’ उनले झुटो सूचनाले समाजलाई नकरात्मकतातर्फ लगेको बताए। झूटो सूचना रोक्न स्वयं संचारकर्मीसहित सबै पक्ष लाग्नुपर्नेमा उनले…