
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले संचार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशील क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताए। उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशील छ। अहिलेसम्म…
विदेशी हस्तक्षेप गतिविधि बढाएको भन्दै रूसी सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित संचारमाध्यममाथि विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको समाचार छ। समाचारअनुसार, टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित संचारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको हो। संयुक्त राज्य अमेरिकाले रुस समर्थित समाचारमाध्यम आरटीको कर्मचारी र यसका…
नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन्। सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन्। समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ। समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन…
गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ। उनले हरेक कुरामा विशिष्ट…
आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महासंघको निर्वाचन समितिले शनिबार साँझ नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय तोकेको छ। यस्तै, असोज ४ गते नै साँझ…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त…
विमला भण्डारी गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रारमा नियुक्त भएकी छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो। गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिएका छन्। उनी, गण्डकी प्रदेशकै पहिलो रजिस्ट्रार बनेकी छिन्। प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ। भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्। प्रेस रजिस्टार…
नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक धकेलिएको छ। नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते निर्वाचन गर्ने गरी मिति तोकेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका छन्। यसअघि, महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा…
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ। बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको…