
सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमै नेपालमा दर्ता भएको समाचार छ। समाचारअनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्। मन्त्रालयका प्रवक्तासमेत रहेका ठाकुरले भनेका छन् ’टिकटकले प्रक्रिया मिलाएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो।’ प्रवक्ता ठाकुरले बताएअनुसार टिकटक सामाजिक सञ्जाल…
नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डा. आचार्यलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो। उक्त बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो। यसैगरी, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।…
पछिल्लो ३ महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन्। प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमित रूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो। पछिल्लो ३ महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन्। यसैगरी, आक्रमण/कुटपिटका घटना ४, पेसागत असुरक्षा २, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना १/१…
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि संचार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज (बुधबार) दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताएका हुन्। ‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार बनेको…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरामा ल्याउने दृढता जाहेर गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना संप्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उनले उल्लेख गरे। अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ।…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल वातावरण पत्रकार समूह (नेफेज) को समूहले भेट गरेको छ। (नेफेज) समूहको नवनिर्वाचित कार्यसमिति संचार मन्त्रालय पुगेर मन्त्री गुरुङलाई भेटेको हो। भेटमा संचारमन्त्री गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताए। उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे। सरकारका प्रवक्ता मन्त्री…
राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रुपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो। सूचनाको हकसम्बन्धमा १० बुँदा कार्यान्वयनका लागि आयोगको गत असोज १६ को बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको हो। जसमा सूचना अधिकारी अनिवार्य…
प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आफ्नो र सार्वजनिक चासोको विषयमा मात्रै सार्वजनिक निकायमा सूचना माग्न पाउने अधिकार रहेको बताएका छन्। सोमवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले अपराध, अनुसन्धानमा रहेको विषयमा सूचना दिन नपर्ने स्पष्ट पारेका छन्। ‘नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनले नेपालको सार्वभौमसत्ता,…
सामाजिक सञ्जाल टिकटकले सयौँको संख्यामा कर्मचारी कटौती गरेको छ। यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित बनेका छन्। कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ। टिकटकले स्वचालित विधिसँगै…
सरकारले अब सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता ल्याउने निर्णय गरेको छ। सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले सरकारी वेबसाइटहरूमा एकरूपता कायम गर्ने तथा अद्यावधिक गराउने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्नुपर्ने उक्त बैठकले निष्कर्ष निकालेको छ। रेखा…