Hero News »

पोखरामा १८ औं संस्करणको आहा ! रारा गोल्डकप शुरु : उद्घाटन खेलबाटआयोजक सहाराको विजयी शुरुवात

पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…

एसीसी इस्टर्न रिजन टी–२० मलेसियासँग नेपालको हार

पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ । नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए ।…

नेपालले प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसीपको टिम इभेन्टतर्फको उपाधि जित्यो

पोखरा । नेपालले वल्र्ड कप एसियन टुरको २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीपको क्रसकन्ट्री विधाको टिम इभेण्टतर्फ उपाधि जितेको छ । क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…

खेलकुदमै गण्डकी प्रदेश सरकारले लक्ष्य बनाएको छ : सामाजिक विकास मन्त्री नरदेवी पुन

पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् । पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् । मन्त्री पुनले भनिन्,…

डिफेन्डिङ च्याम्पियन एपीएफलाई दिदीबहिनी कप राष्ट्रिय भलिबल उपाधि

पर्वत । विभागीय टिम एपीएफले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ । पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन…

नवलपुरले जित्यो गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट उपाधि

पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित…

राष्ट्रिय मावि र जनप्रियलाई छात्रछात्रा सृजना कप उपाधि

पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…

आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृृद्धि

पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गत संस्करणसम्म विजेताको ८ लाख १ हजार…

पोखरामा थप खेलकुदका संरचनाहरु बन्दै : सदस्य सचिव सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…

मच्छिन्द्र एफसी लिग च्याम्पियन

पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । आर्मीले दिएको आत्मघाती गोलले नै मच्छिन्द्रलाई लिग च्याम्पियन बनायो । बराबरी खेलेपनि लिग च्याम्पियन बन्ने अवस्थामा रहेको आर्मीले ३३…