निर्वाचन–२०७९ »

मंसीर ४ र ५ गते गरी २ दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा २ दिन विदा दिने भएको छ। गृह मन्त्रालयले आज (मंगलबार) सूचनामार्फत आगामी ४ र ५ मंसीरमा सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रकाशित गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसीर २ देखि ५…

११६ जनालाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो। आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन…

मतदानको दिन सार्वजनिक सवारी चल्दैन

मतदानको दिन सार्वजनिक सवारी चलाउन पाइँदैन। आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न नपाइने भएको हो। निर्वाचन आयोगकाअनुसार मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत…

सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो

४ मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो। मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो। अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइनेछ। संघ र प्रदेशको प्रत्यक्ष…

अनलाइनमा दल र उम्मेदवारले चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय…