निर्वाचन–२०७९ »

प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज (आइतबार) आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्। समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।…

स्याङ्जा–२ बाट नेपाली काँग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्। शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७  मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा…

स्याङ्जा–२ को प्रदेशसभा (२) मा काँग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई विजयी भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले…

स्याङ्जा–२, प्रदेशसभा (१) मा काँग्रेसका भोजराज विजयी

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन्। अर्यालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसा रेग्मीलाई २ हजार ७३० मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अर्यालले १५ हजार १६१ मत प्राप्त गरे भने रेग्मीले १२ हजार ४३१ मत…

निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…

कास्की–१ को प्रदेशसभा (१) बाट एमालेका खगराज अधिकारी निर्वाचित

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९९६ को मतान्तरले हराउँदै अधिकारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गणतन्त्रका साझा उम्मेदवार बनेका…

कास्की–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका मनबहादुर विजयी

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ विजयी बनेका छन्। मनबहादुरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कास्की जिल्ला पार्टी सभापति किशोरदत्त बराललाई २ हजार ५१९ को फरक मतान्तरले हराउँदै निर्वाचित भए। मत गणनाको अन्तिम नतिजामा गुरुङले २५ हजार ७०८ मत प्राप्त गरे। उता, वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार…

कास्की–३ प्रदेशसभा (२) बाट काँग्रेसका प्रकाश बराल विजयी

कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका प्रकाश बराल विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले निकटतम प्रतिद्वन्द्वी एमालेका राजीव पहारीमाथि ४६५ मतान्तरले जित हासिल गरेका हुन्। मत गणनाको अन्तिम नतिजामा बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले…

कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ‘बैरागी’ विजयी

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ विजयी भएका छन्। निर्वाचन आयोग कास्की कार्यालयका अनुसार ‘बैरागी’ ले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ लाई ५ हजार ४४५ मतान्तरले निर्वाचित बने। मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने वाम…

गोरखा–२ को प्रदेहशसभा (२) बाट काँग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बसन्तकुमार गुरुङलाई ११ हजार ५१७ को भारी मतले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा पाण्डेले १६ हजार ८८७ मत ल्याए भने गुरुङले ५…