शिक्षा-स्वास्थ्य »

डोटीमा भूकम्प: ६ जनाको ज्यान लियो

डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७…

पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले बुधवार आकस्मिक रक्तदान गर्दै

एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ। विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ। ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक…

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु भएको छ। नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा ३ दिनसम्म चल्नेछ। युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना…

बागलुङमा तीव्र गतिमा फैलिदैँ डेंगु

बागलुङमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बागलुङकी निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टि भएको जानकारी दिइन्। यो संख्या जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ। बागलुङमा असारदेखि डेंगु संक्रमण देखिन थालेको हो। असार र साउनमा ३/३…

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा आज (शुक्रबार) दिउँसो सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ। नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको…

विद्यार्थी बेहोस हुन थालेपछि ३ दिन विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ। बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि ३ दिनका लागि विद्यालय बन्द गरिएको हो। प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु…

पोखरामा जोन्टाको ‘गो रेड फर वुमन’

पोखरामा महिलाहरुका लागि २ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। जयन्ति ट्रष्टसँगको सहकार्यमा जोन्टा क्लवको आयोजना गरेको ‘गो रेड फर वुमन’ नारा दिइएको शिविरमा पोखराका करिब ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन्। थापाका अनुसार शिविरमा महिलाहरुको नि:शुल्क ब्लड प्रेसर, नाप, तौल, ईसीजी, बीएमआई, ब्लड ग्लुकोज लगायतका परीक्षण…

गण्डकी प्रदेश लोक सेवा आयोगले स्वास्थ्यको ११ र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

गण्डकी प्रदेशको लोकसेवा आयोगले स्वास्थ्यका २ वटा तहमा ४६ जनालाई विज्ञापन खुलाएको छ। आयोगले गण्डकी प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य समूहका ११ र ९ औं तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो। प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको…

गुणस्तरीय शिक्षा आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्या भण्डारीले विद्यालयहरुको गुणस्तर कायम राख्न जरुरी रहेको बताएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्ने…

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा प्राविधिक जनशक्ति आवश्यक

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको छ। परिषदले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाहरु संचालन गर्न केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको हो। परिषदले ती प्राविधिक जनशक्तिले फिल्डमा गई काम गर्न पर्ने स्पष्ट पारेको छ। स्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्तिले यसका लागि दरखास्त दिन सक्ने जनाएको…