शिक्षा-स्वास्थ्य »

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ। त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट…

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि आवेदन खूल्यो (सूचनासहित)

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकका लागि आवेदन खुलेको छ। चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन खुलाएको हो। शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पीटीएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबीबीएस, बीडीएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको आयोगले जनाएको छ। एमबीबीएसमा १०, बीडीएमा…

बागलुङ कारागारमा पुस्तकालय स्थापना

जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो। सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । उनले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गरे । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले माग्यो प्रस्ताव

चालु आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इच्छुक सार्वजनिक विद्यालयलाई पालिकामार्फत प्रस्तावको पेस गर्न अनुरोध गरेको छ। तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले साउन २९ भित्र सम्बन्धित पालिकामा प्रस्ताव पेस गर्नुपर्नेछ। विगतमा राष्ट्रपति…

एसईईको रिजल्टमा तपाइँको चित्त बुझेन ? यस्तो गर्न सक्नुहुन्छ

२ दिन अघि मात्रै माध्यामिक शिक्षा परीषद कक्षा १० (एसईइ) २०७८ को परीक्षा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त…

टेलिकमले एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदै

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदैछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट नि:शुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरू उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, १ प्रति फोटो…

गण्डकी प्रदेश छैठौं स्थानमा (एसईईको प्रदेशगत नतिजा)

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्तीर्ण (प्रतिशत) का आधारमा ७ प्रदेशहरुमध्ये गण्डकी प्रदेश छैठौं स्थानमा छ। गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा १ लाख ७ हजार ४२५ जना…

९ हजार ६३३ ले ल्याए एसईईमा ए प्लस

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक आएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। त्यस्तै, ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्। २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या…

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…

एसईईको नतिजा आउँदै (हेर्नुहोस, नतिजा हेर्ने तरिका)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्दैछ। यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागु…