शिक्षा-स्वास्थ्य »

बाल मन्दिर माविको व्यवस्थापन समिति अध्यक्षमा कतिला

पोखरा–३, नदीपुरस्थित बाल मन्दिर मावि व्यवस्थापन समिति अध्यक्षमा वसन्तलाल कतिला निर्वाचित भएका छन्। उनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ समिति गठन गरिएको हो। समिति सदस्यमा वडाध्यक्ष प्रकाशमान उदास छन्। अन्य सदस्यहरुमा रमणप्रसाद श्रेष्ठ, भरत कतिला, शिव श्रेष्ठ, महेन्द्र गौतम, डोली थापामगर विक, षड्ङ्गराज शर्मा घिमिरे र सुशील बस्नेत छन्। तीमध्ये भरत स्थानीय निकायबाट मनोनीत हुन्…

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर हुँदै

पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुँदैछ। पोखरा महानगरपालिका–९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको हो। पोखरामा (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो। पोखरा–९, नयाँबजारस्थित (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) संचालनमा आउँदै…

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। बोर्डले वैशाख २१ गतेदेखि सुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा संचालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ…

नागरिकले नि:शुल्क प्राप्त गर्ने स्वास्थ्य सेवासम्बन्धी विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले नि:शुल्क रूपमा प्राप्त गर्ने सेवाहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले नि:शुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको हो। मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा नि:शुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि उल्लेख छ। मन्त्रालयले नागरिकलाई…

दिनानूदिन वायु प्रदूषण बढ्दो छ, सतर्कता अपनाऔँ

हाल, मुलुक दिनानूदिन वायु प्रदूषणको चपेटामा छ। गर्मी मौसम बढेसँगै, बढ्दो वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायतका कारणले वायु प्रदूषणको स्तर उच्च हुँदै गएको छ। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ। वायु प्रदूषण बढेसँगै नागरिहरुले स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ। वायु प्रदूषणका…

प्राध्यापक डा. यदुनन्दन उपाध्याय प्रगतिशील लेखक संघ गण्डकीको अध्यक्ष

प्राध्यापक डा. यदुनन्दन उपाध्याय प्रगतिशील लेखक संघ गण्डकीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। प्रगतिशील लेखक संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायलाई संघको अध्यक्षमा चयन गरेको हो। सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारी चयन भएका छन्। त्यसैगरी, अधिवेशनले बाबुराम…

समतामूलक समाज निर्माणको बलियो जग नै शिक्षा हो: प्रदेश प्रमुख भट्ट 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन्। चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको प्रदेश प्रमुख भट्टको जोड छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले औंल्याए, ॅविद्यार्थी केन्द्रीत शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्छ। बालबालिकाको रुचीअनुसार…

पोखरा महानगरभित्र शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बन्यो

पोखरा महानगरपालिकामा संचालित इसीडीदेखी कक्षा ३ सम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ। इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा संचालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो। परियोजनाअन्तरगत इसीइसीले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक…

‘अब, सरकारी अस्पतालले स्वास्थ्य बीमाको औषधि छैन भन्न पाउँदैन’

अब, सरकारी अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न पाइँदैन। अबपनि, स्वास्थ्य बीमा बोर्डले तोकेको औषधि छैन भन्नु गैरकानुनी ठहरिनेछ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका हुन्। इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी…

पोखराको मियापाटनमा अन्नपूर्ण क्लिनिकलको सुलभ फार्मेसी सेवा सुरु

पोखरा महानगरपालिका–१३ को मियापाटनस्थित अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा प्रारम्भ गरेको छ। विगत ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो। निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको संचालक हिरामणि न्यौपानेको दाबी छ। संचालक न्यौपानेले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र नागरिकको कर्तव्य बोध गरी यस…