शिक्षा-स्वास्थ्य »

यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २०…

पोखरामा महिनावारी (छाउपडी प्रथा) बारे धामी, पूजारीको भेला

पोखरामा महिनावारी (छाउपडी) सचेतना गर्ने उद्देश्यले धामी, पूजारीको भेला गरिएको छ। छाउपडी प्रथाको अत्यका लागि गरिमा परियोजना र ग्रीन तारा नेपालको संयुक्त आयोजनामा आज (सोमबार) पोखरामा धामी पूजारीहरुको भेला गरिएको ग्रीन ताराका सिनियर प्रोग्राम म्यानेजर सलिता गुरुङले जानकारी दिइन्। महिनावारीसम्बन्धी भेदभाव मानव अधिकारको विषय रहेको गुरुङको भनाई थियो। ‘मर्यादित महिनावरी, हामी सवैको जिम्मेवारी’ भन्ने मूल…

तनहुँमा ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गरे

तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्। सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् १ लाख रुपैयाँसम्मको…

नवलपरासीको हुप्सेकोटमा अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य…

लिटरेचर फेस्टिभल: ‘घरबाट स्कूलसम्म’ विषयमा छलफल

पोखराको लेकसाइडस्थित वाराहीघाटमा सुरु लिटरेचर फेस्टिभलमा पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ’घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल गरिएको छ। फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले गरेको छलफलमा बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे अन्तरक्रिया गरिएको छ। एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको…

१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु

पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर…

कवि शिरोमणि लेखनाथ पौडेलप्रति समर्पित कविता वाचन

१८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा आज (सोमबार) १८ कविहरुले १८ कविता वाचन गरेका छन्। कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचना गरिएका १८ कविता १८ जना कविहरुले वाचन गरेका हुन्। कार्यक्रममा कवि शिरोमणि पौडेलले रचना गरेका कवितामध्ये कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्बस्मृति’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवनसागर भण्डारीले ‘गौँथलीको चिरीबीरी’, अमृता…

पत्रकार आरजू विष्ट ‘सल्यानी’ लाई युआरएल पत्रकारिता पुरस्कार प्रदान

पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ। प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला…

युआरएल पुरस्कारका लागि छनोट समिति

युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए। ३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ। समितिमा एक चिकित्सक र अर्का एक सदस्य…

डोटी भूकम्प: ५ घाइतेको उपचार डोटी अस्पतालमै

गए रातिको भूकम्पमा परी गंभीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको हो। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको छ। गए राति २…