शिक्षा-स्वास्थ्य »

शिक्षक नियुक्ति नगर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को…

कक्षा ११ मा भर्नाको आधारबारे परीक्षा बोर्डले मापदण्ड बनायो

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन्। विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अंग्रेजी,…

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखेको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले आज (बुधबार) एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक/फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो। बोर्डले छोटो समयको मात्रै भर्ना…

पोखराको तालवाराही माविमा स्तनपानसम्बन्धी जनचेतना कार्यक्रम

तालबाराही माविमा स्तनपानसम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न गरिएको छ। विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा कार्यक्रम भएको हो। पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कार्यक्रममा बोल्दै जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गरे। भट्टराईले वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका…

मेयर धनराजले विन्ध्यवासिनी माविमा के बोले ?

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको औंल्याएका छन्। राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने औंल्याए। उनले दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र…

पोखराका मेयर धनराज आचार्य विन्ध्यवासिनी माविमा

पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हिरक जयन्ती अन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाई कार्यक्रममा सरिक भए। कार्यक्रममा मेयर आचार्यले अक्षयकोषदाता दुर्गा केसी थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी/रमेश अधिकारी, एसईईका सर्वोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्द्रमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल,…

पोखरा–बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले हिरक जयन्ती मनाउँदैं

गण्डकी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यामिक विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको छ। ७५ वर्षअघि स्थापना भएको विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको हो। हिरक जयन्तीको अवसरमा विद्यालयले पुरस्कार वितरण, सम्मान तथा बिदाई गरेको छ। विद्यालयको अक्षयकोषदाता, एसईई सर्वोत्कृष्ट विद्यार्र्थी, उत्कृष्ट विषयगत शिक्षक, उत्कृष्ट कक्षा मोनिटर र उत्कृष्ट अभिभावकलाई सम्मान गरेको हो।…

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिएका हुन्।  

पोखराको पीसीएममा शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच फुटसल प्रतियोगिता भएको छ। पोखरा फुटसल अरिना, गैरापाटनमा सम्पन्न प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको छ। कलेजको प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे। प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीमा राजकिरण छत्कुली, सर्वाधिक गोलकर्तामा निकेश कर्मचार्य र…

युआरएल स्याङ्जामा ट्राफिकको सित्तैमा मधुमेह परीक्षण

युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह परीक्षण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिएका छन्। युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ। युआरएलले पोखराबाहिर लमजुङको…