पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक संचालन भएको छ। उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो। सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै संचालन भएको छ। मुग्लिङ–पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका…
तनहुँको भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुले दवावमूलक शान्तिपूर्ण आन्दोलन गरेका छन्। मुआब्जा तोकेको २ वर्ष हुँदासम्म पनि उनीहरुले मुआब्जावापतको रकम नपाउँदा उनीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनस्वरुप उनीहरुले आज (मंगलबार) छिर्कनस्थित कार्यालयमा धर्ना कसे। कर्मचारीहरुलाई भित्रै राखेर कार्यालय समयभर कार्यालयमै ताला लगाइदिए। उनीहरुले उद्यानपार्क कार्यालयमा आफ्ना मागपत्र समेत बुझाए। उक्त क्षेत्रका १ सय ४२ घरधुरीका ९…
गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुबारे समेत समीक्षा गरिएको हो। आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरणसँगै चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमबारे छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन्। शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानीअनुसारको प्रतिफल आउन सक्छ।’ सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री…
सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुने दाबी गरेकी छिन्। मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन्। ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो’, उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे…
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रवहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन्। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज (विहीबार) पोखरामा उद्घाटन गर्दै उनले आय–आर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताए। ‘वन क्षेत्रको काठ कुहिएर…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गरेका हुन्। कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरुको सहभागिता थियो। फिल्ड कार्यालय उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी…
रोपाईको मुख्य महिना मानिने असारसम्म गण्डकी प्रदेशभर जम्मा ६७ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय गण्डकीले जनाएअनुसार जम्मा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो। हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ। यस्तै कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८,…
२१० औं भानुु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुुँको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता भएको छ। प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी थिए। प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राहरु रोशा रसाइली र अनिषा घर्ती दोस्रो र गोगन माध्यमिक विद्यालय कास्कीकी…
बागलुङको ताराखोलामा आज (मंगलबार) देखि यस वर्षकोअसारे मेला सुरु हुँदैछ। ‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो। ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको…