गण्डकी प्रदेश »

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

प्रदेशभित्रका शैक्षिक संस्थाबाट संचालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट संचालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ। अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार…

औषधी थन्काएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन्। स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताए। उनले भने, ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ।’ मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए।…

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। वैशाख १४ गते गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भई १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासंद तटस्थ रुपमा वसेका छन्। पाण्डेलाई आफ्नै दल नेपाली…

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘विसं २००७…

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसः सात श्रष्टाको सम्मान

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई आज (शुक्रबार) एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो। सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर…

अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही मालु बेपत्ता

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्। दोस्रो शिविरभन्दा केही माथिबाट आज (सोमवार) दिउँसो भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिएका छन्। हराइरहेका आरोहीको खोजी भइरहेको पनि उनले उल्लेख गरेका छन्। राजस्थानको किशनगढका मालु ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण…

गोरखाका पालिकाबीच १० बुँदे साझा घोषणापत्र जारी

गोरखाका ५ पालिकाले १० बुँदे घोषणापत्र जारी गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटक भित्राउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामूहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरूको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने १० बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ। पालिकाबीच असल अभ्यास आदान प्रदान तथा…

गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको स्तरोन्नती सुरु

ट्रयाक खुलेको भण्डै १५ वर्ष पछि गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडकको स्तरोन्नती सुरु भएको छ। गोरखा र लमजुङ जिल्ला जोड्ने सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपान्तरण हुने अपेक्षा गरिएको छ। पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङ साइलिटार सम्मको २० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो। स्तरोन्तीको जिम्मा पाएको वुड हिल/लामा जेभीले गत फागुन ११ गते सो ठेक्का सम्झौता…

जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन

तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठको २० गते हुने भएको छ। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन हुनेछ। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिदैँ आएको हो। कोभिड १९ का कारण २ संस्करण स्थगित भएपनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल…

माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ। माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर…