पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…
पोखरा । मंसिरको १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । यहाँको निर्वाचन कार्यलयमा १४ राजनीतिक दल र ११ जना स्वतन्त्र गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्रपत्नी विद्या भट््टराई अधिकारीले उम्मेदवारी दिएकी छन् । भट्टराईका लागि नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले…
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…
पोखरा । नारी जागरण अभियान पोखरा, कास्कीले चाडपर्वको मौका छोपेर मुल्य बृद्धि गर्ने तथा कालोबजारी गरिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणपत्रमा दशैं नेपालीको महान् चाड रहेको, देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको बध गरेको साथै श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रुपमा दशैं मनाउन सुरुवात भएको, असत्यमाथि सत्यको जितको प्रतीकका…
पोखरा । पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्री र सर्वसाधारणहरु ठगीको मारमा परेका छन् । ट्याक्सी चालकहरुबाट मनपर्दि भाडा उठाउने गरेको स्वयं यात्री र सर्वसाधारणबाट गुनासाहरु आएका छन् । यात्री र सर्वसाधारणको गुनासो उठेपछि गण्डकी प्रदेशको संसदमै ट्याक्सीबाट यात्री र सर्वसाधारणहरु ठगिएको विषय उठेको छ । त्यतिमात्र होइन सरोकारवालाबीच पनि छलफलहरु चलाइएका छन् । पोखरामा…
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले शुक्रबार एक कार्यक्रबीच गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको मन्त्रीस्तरीय जेठ ३१ गतेको निर्णयानुसार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भएर प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरे गण्डकी प्रदेश प्रहरी कार्यालय…
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पर्यटनलाई आर्थिक समृद्धि र विकासको आधारका रुपमा लिदै प्राथमिकतामा राखेको छ । गाउँपालिकामा आयोजित आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण सभामा अध्यक्ष युवराज कुँवरले कृषि र पर्यटनलाई यहाँको समृद्धि र विकाससँग जोड्ने बताए । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीति अवलम्बन गर्दै गाउँपालिकाले युवा…
पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो । बजेटमाथिको छलफलको अन्तिम आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सांसदद्धारा बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । जवाफ दिने क्रममा मन्त्री गुरुङले बजेट लक्षित वर्गलाई केन्द्रीत गर्दा…
पोखरा । गण्डकी प्रदेशको प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम संसद बैठकमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा नेपालको संघीय शासन प्रणाली नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको उपजका रुपमा चर्चा गरिएको छ । गण्डकी प्रदेश…
पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…