खेलकुद »

आइसीसीको महिला टी–२० वरीयतामा नेपाल यथावत स्थानमा

पोखरा । आइसीसीको महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमै रहेको हो । नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटिङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै थियो । नेपाली महिला…

पत्रकार पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानीत

पोखरा । कान्तिपुर टेलिभिजनका संवाददाता ईन्द्र पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिब सचिव समेत रहेका पौडेललाई क्लबले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरेको हो । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पत्रकार पौडेललाई दोसल्ला ओढाएर नगद २० हजार ५ सय रुपैयाँ,…

कोपा इटालियाको उपाधि नापोलीले जित्यो

पोखरा । कोपा इटालियाको उपाधि नापोलीले जितेको छ । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।…

फर्कियो इङ्ल्यान्डमा पनि फुटबल, आर्सनलमाथि म्यानचेस्टर सिटीको शान्दार जित

पोखरा । कोरोना भाइरसको महामारीपछि इङ्लिस प्रिमियर लिग समेत सुचारू भएको छ । महामारीको लडकडाउनपछि बुधबारदेखि सुचारु प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शान्दार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा…

बायर्नले उचाल्यो जर्मन बुन्डेसलिगाको २९ औं उपाधि

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि हात पारेको छ । यो सँगै बायर्नले बुन्डेसलिगाको लगातार ८ उपाधि उचाल्न सफल भएको छ । समग्रमा बायर्नले २९ औं उपाधि उचाल्दै बुन्डेसलिगाको उत्सव मनाएको छ । यस सिजनको मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा वेर्डर ब्रेमेनमाथि सान्दार जित निकाल्दै बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन…

एन्फाको ३ स्थायी समितिको नेतृत्वमा हेरफेर

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहातका ३ वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ । अखिल नेपाल फुटबल संघको मंगलबार बसेको आपतकालीन बैठकले एन्फाको स्थायी समितिको नेतृत्वमा व्यापक हेरफेर गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिबब शेर्पाले समितिहरु निस्क्रिय अवस्थामा रहेकोले परिवर्तन गरिएको बताएका छन् । एन्फा बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ…

इटालीमा पनि फुटबल फर्किदैँ, कोपा इटालियाको सेमिफाइनलमा युभेन्टस र मिलान भिड्दै

पोखरा । कोरोना भाइरसका कारण स्थगित भएको फुटबल इटालीमा पनि शुक्रबार बेलुकीदेखि फर्किदैंछ । तीन महिना लामो समयपछि कोपा इटालियाको पहिलो सेमिफाइनल खेलबाट इटालीको फुटबल फर्कन लागेको हो । महामारीको सुरक्षित उपाय अपनाउँदै फुटबल सुरु गर्न लागिएको हो । शुक्रबार सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानबीच हुनेछ । खेल नेपाली समयअनुसार बेलुका ८ बजे…

फिफा वरीयतामा नेपाल १७० औं स्थानमै यथावत

पोखरा । फिफाको नयाँ वरीयतामा नेपाल यथावत १७० औं स्थानमै रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिनाको फिफ वरीयतामा पनि नेपाल १७० औँ स्थानमै थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र…

ला लिगा सुचारु भयो, सेभिल्लाको महत्वपूर्ण जित

पोखरा । महारथी स्पेनमा ३ महिना लामो समयपछि फुटबल फर्किएको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुचारु भएको हो । बिहीबार राति सुचरु भएको पहिलो खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को जित दर्ता गरेका…

लक्ष्मणले जिते भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक

पोखरा । नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट जारी पुम्सेको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट सहभागी लक्ष्मणले २० भन्दा बढी देशको सहभागी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता अन्तर्गत ५० वर्षमुनीको उमेरसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् ।…