
नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टन प्रतियोगितामा दोस्रो हार ब्यहोरेका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज (मंगलबार) बिहान सम्पन्न भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट…
नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। सोमबार भएको महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित भइन्। उनी जम्मा १ मिनेट म्याटमा टिकेकी थिइन्। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्। मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका ४ खेलाडीको यात्रा पहिलो चरणबाटै…
पेरिस ओलम्पिकमा नेपालले निराशाजनक सुरुवात गरेको छ। ब्याडमिन्टनका प्रिन्स दाहालले पहिलो खेलमा हार ब्यहोरेका छन्। ब्याडिमन्टनमा प्रिन्सले आफ्नो समूहको पहिलो खेलमा डेनमार्कका भिक्टोर एक्सेलसनसँग सोझो सेटमा पराजित भए। प्रिन्स यो खेलमा २१–८ र २१–६ ले निराश भए। प्रिन्सले भोली (जुलाई २९ तारिख) मा दोस्रो खेल आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि, टेबल टेनिसका स्यान्टु श्रेष्ठ पहिलो…
नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छिन्। आइतबार महिला २०० मिटर फ्रि–स्टाइलमा उनले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पार गरिन्। सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन्। डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन्। त्यसअघि, आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरेकी छिन्। ४४…
नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। पेरिस ओलम्पिक–२०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औँ स्थानमा रहिन्। कुल ४३ प्रतिस्पर्धी मध्ये सुस्मिताले ४२ औँ स्थान हासिल गरेकी हुन्। शरणार्थी टोलीकी लुना सोलोमन अन्तिम अर्थात ४३ औँ स्थानमा रहिन्। पेरिसदेखि स्थलमार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा…
नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ शनिबार पेरिस ओलम्पिकमा पराजित भएका छन्। पुरुष एकलका प्रतिस्पर्धी स्यान्टुले प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डायवसँग पराजित भएका हुन्। स्यान्टु ४–० को सोझो सेटमा पराजित भए। उनले पहिलो सेटमा डायवलाई कडा टक्कर दिएका थिए। १२–१० मा पहिलो सेट सुम्पेका स्यान्टुले त्यसपछि लगातार ११–५, ११–४, ११–५ ले सेट गुमाएका थिए। यो…
महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ। आज (शुक्रबार) भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो। प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो। यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो। यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट…
कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेजले सम्पन्न कोपा अमेरिकामा ‘गोल्डेन बल’ जितेका छन्। सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट खेलाडी बन्दै रोड्रिग्वेजले ‘गोल्डेन बल’ जित्न सफल रहे। रोड्रिग्वेजले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भए। यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र १ गोल गरे। त्यस्तै, ४ खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित…
अर्जेन्टिनाका लाउटारो मार्टिनेले सम्पन्न कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्। २६ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे। अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए। समूहचरणमा क्यानडा र चिलीविरुद्ध १÷१ गोल गरे। समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले २ गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए। क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध…
सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्। अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन उनले ५ खेलमा ‘क्लिन सिट’ राखेका थिए। समूह चरणमा अर्जेन्टिनाले क्यानडा तथा पेरुलाई २–० र चिलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।…