खेलकुद »

राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात

गण्डकी प्रदेशको राजधानी पोखारमा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी सुरुवात गरेको छ। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए। २८ औं मिनेटमा कार्कीले…

राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुदअन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। गण्डकी प्रदेशले सुदुरपश्चिमलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। भलिवलप्रेमी दर्शकको भिडबीच भएको गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको थिए। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन्। सुदुरपश्चिम…

राष्ट्रि खेलकुद: महिला फुटबलमा विभागीय टोलीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ। स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो। आर्मीले खेलको ९ औ मिनेटमा ईन्दिरा राईको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै ईन्दिराले अग्रता दोब्बर पारिन्। पहिलो हाफमा २ गोलले अगाडि…

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र मधेश बिजयी

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेश बिजयी भएका छन्। विहीबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन्। विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७…

राष्ट्रिय खेलकुद: महिला हक्कीमा गण्डकीको विजयी सुरुआत

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ। गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश–१ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो। गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन्। त्यसको २ मिनेटपछि नै…

राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी सुरुवात

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिजयी सुरुवात गरेको छ। पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश–१ लाई २–० अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। विमलले खेलको ८ औं मिनेटमा गोल गर्दै एनआरएनएको खाता…

राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ। प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा घरेलु गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ। गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे।   पुरुष ह्याण्डबलमा विभागीय आर्मीको…

राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई २, आर्मीलाई १ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको छ। बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो। पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश–१ ले कास्य पदक प्राप्त गरेका छन्। महिला ईपी टिम इभेण्टको स्वर्ण नेपाली सेनाले…

राष्ट्रिय खेलकुदः पुलिस महिला क्रिकेटको शीर्षस्थानमा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै पुलिस क्लव सूुहको शीर्षस्थानमा पुगेको छ। समूहमा सम्पन्न २ खेलमध्ये पुलिसले दुवैमा जित हासिल गर्दै ४ अंक जोडेको छ। बुधबारको खेलमा पुलिसले प्रदेश–१ माथि ११८ रनको फराकिलो जित निकाल्यो। पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा…

गण्डकी खेलकुद परिषद: कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पौडेललाई

प्रदेश खेलकुद परिषद गण्डकीको कार्यबाहक सदस्य सचिवको रुपमा घनश्याम पौडेलले बुधबार कार्यभार सम्हालेका छन्। यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुखसमेत रहेका पौडेलले सदस्य सचिवको समेत कार्यभार सम्हालेका हुन्। सोमबार सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण पदावधी सकिएलगत्तै मन्त्रालयले पौडेलललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सुम्पिएको हो। पौडेलले कार्यवाहक सदस्य सचिवको रुपमा पहिलो पटक कार्यभार सम्हाल्ने…