खेलकुद »

छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

एनसेल छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार पत्रकार भेटघाट कार्यक्रम गरी तयारी पुरा भएको जनाएको हो। माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुने प्रतियोगिताको पहिलो दिन ३ खेल…

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो हार

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो पटक हार ब्यहोरेको छ। आफ्नो दोस्रो खेलमा घरेलु नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो। नेपालकी रुबिना क्षत्रीले नटआउट सर्वाधिक ३७ बनाइन्। त्यस्तै, सीता रानामगरले…

साफ यु–१९ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक

पोखरामा आयोजना हुने साफ–१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भूटानले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता पोखरा रंगशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।…

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको खराब सुरुआत

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले खराब सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो। थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाइन्। नेपालकी सीता रानामगरले २ विकेट लिइन्। यसअघि, कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय…

१० औं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी वैशाखको १८ गते  

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औँ पोखरा स्पोर्र्ट्स अवार्ड–२०८२ को मिति घोषणा गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो। अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई अवार्डद्वारा सम्मान गरिनेछ।…

नेपाली महिला टोलीले आइसीसी महिला टी-२० अभ्यास खेलमा अमेरिकालाई हरायो

नेपाली महिला टोलीले आइसीसी महिला टी–२० अभ्यास खेलमा अमेरिकामाथि ४ विकेटले जीत निकालेको छ। आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई हराएको हो। अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४९ रन बनाइन्। त्यस्तै, पूजा महतोले ४३ रन…

न्यु डायमन्डले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो। न्यु डायमन्डले सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो। त्यस्तै, दोश्रो सेट २५–१८ ले सहज जीत निकाल्यो। प्रतिस्पर्धात्मक चौथो सेट…

पल्सर स्पोर्ट्स अवार्ड: दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ उत्कृष्ट वर्ष खेलाडी

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा बुधबार आयोजना गरेको २२ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए। खो खो विश्वकपमा २ ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दी…

पोखरामा पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी आइपुग्यो

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको छ। भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको हो। डीपी वल्र्डको सहकार्यमा ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्‍याइएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा ट्रफीलाई प्रदर्शनका लागि राखिएको थियो। त्यसपछि, पोखरा…

हेल्प नेपाल स्पोर्ट्स क्लबलाई एनभीए पुरुष भलिबलको उपाधि

विभागीय आर्मीलाई सोझो ३ सेटमा हराउँदै हेल्प नेपालले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बन्यो। हेल्प नेपाल स्पोट्र्स क्लबको एनभीए भलिबलमा यो लगातार जीत हो। हेल्प नेपालले पहिलो, दोस्रो र…